लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभाबाट फिर्ता

IMG

काठमाण्डाै – राष्ट्रियसभाले सरकारबाट सामाजिक सञ्जाल विधेयक फिर्ता गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको छ ।सभाको आजको बैठकले राष्ट्रियसभामा विचाराधीन सामाजिक सञ्जाल विधेयक २०८१ फिर्ता गरेकाे हाे ।


सभाका अध्यक्ष नारायण दाहालले याे विधेयकमाथि निर्णयार्थ प्रस्तुत गर्दै विधेयक फिर्ता भएको घोषणा गर्नुभएको हो ।विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले ‘सामाजिक सञ्जाल विधेयक २०८१ सम्बन्धी विधायक व्यवस्थापन समितिको प्रतिवेदन’ पेस गर्नुभएको थियो । सभाकाे २०८२ साल भदौ १३ गते बसेको बैठकले राष्ट्रियसभाबाट याे विधेयक उत्पत्ति गरी दफाबार छलफलका लागि विधायक व्यवस्थापन समितिमा पठाएको थियो । समितिमा ३५ जना सांसदले १ सय ५५ वटा संशोधन प्रस्ताव दर्ता गर्नुभएको थियो ।


समितिका सभापति दाहालले याे विधेयकमाथि सूचना तथा सञ्चार प्रविधिमन्त्री, मन्त्रालयका सचिव र सरोकारवालासँग विभिन्न चरणमा अनौपचारिक छलफल भएको जानकारी गराउनुभयो ।सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गएकाे माघ २० गते सामाजिक सञ्जाल विधेयक फिर्ता माग्ने निर्णय गरी माघ २१ गतेको पत्रमार्फत सरकारका तर्फबाट विधेयक फिर्ता माग्ने निर्देशन भएको थियो ।यस्तै बैठकले पर्यटन विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।यो विधेयक तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गएकाे वैशाख ५ गते दर्ता गराउनुभएको थियो ।

कमेन्ट गर्नुहोस्