
तिलोत्तमा। रुपन्देहीको तिलोत्तमा नगरपालिका पथ्थर डांडामा आज दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। बिहान करिव ७:३० बजे पछि भएको दुर्घटनामा परि गुल्मी जिल्ला मालिका गापा-४ अर्खाबाङ्ग अर्किसेमा जन्म भइ हाल नेपाल सरकारको सशस्त्र प्रहरिमा कार्यरत ३६ बर्षीय मनोज अर्यालको निधन भएको हो। एक्लै सवार स्कुटी अनियन्त्रित भई बाटोको डिभाइडर रेलिङ्गमा ठोक्किएर घाइते भएका उनको उपचारको क्रमामा मृत्यु भएको हो। घटना बारे अनुसंधा भैरहेको र बिस्तृत बिबरण खुल्न बाँकी रहेको प्रहरीको भनाई छ।
कमेन्ट गर्नुहोस्