लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

हर्क साम्पाङको घोषणा ,सुनसरी १ बाट उम्मेदवारी दिने

IMG

तिलोत्तमा सिटी ,  २०८२ पुस २३ गते / श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले फागुन २१ गते निर्धारित प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी(१ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै उनले सुनसरी १ बाटै उमेद्वार बन्ने घोषणा गरेका हुन् ।



उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं। १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु १ जय माटो १ जय देश ।’उनी २०७९ को निर्वाचनमा धरान उपमहानगरको मेयरमा निर्वाचित भएका थिए । निर्दलीय उम्मेदवार बनेका साम्पाङ मेयरमा निर्वाचित भएपछि उनले आफ्नै अध्यक्षतामा श्रम संस्कृति पार्टी दर्ता गराएका छन् ।


यसअघि सुनसरी १ बाट अशोक राई निर्वाचित भएका थिए । उनी एमाले जसपा गठबन्धनबाट विजयी भएका थिए ।

कमेन्ट गर्नुहोस्