लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

'छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न' विषयक विचार गोष्ठी सम्पन्न

IMG

उद्धव देवकोटा, तिलोत्तमा। छन्दवादी समाज नेपाल, केन्द्रीय कार्यालय रूपन्देहीको आयोजनामा “छन्दको मानकीकरणः विचार र सौन्दर्यको प्रश्न” विषयक साहित्यिक विचार गोष्ठी  बुटवलस्थित एसियन पार्टी प्यालेसको सभाहलमा सम्पन्न भएको छ।


कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा. डा. रामप्रसाद ज्ञवाली प्रमुख अतिथि तथा वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँले छन्द साहित्यको ऐतिहासिक पृष्ठभूमि, यसको मानवीय संवेदना र समकालीन साहित्यमा छन्दको आवश्यकतामाथि विस्तृत चर्चा गर्नुभयो। उहाँले छन्द केवल संरचनागत बन्धन नभई मानवीय अनुभूति, विचार र सौन्दर्य अभिव्यक्तिको सशक्त माध्यम भएको धारणा व्यक्त गर्नुभयो।


छन्दवादी समाज नेपालका प्रमुख सल्लाहकार तथा कार्यक्रमका विशेष अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. हिरण्यलाल ज्ञवालीले छन्दीय चेतनाको विकासक्रम, छन्द र सामाजिक यथार्थबीचको सम्बन्ध तथा नेपाली साहित्यमा छन्दको भूमिकामाथि आफ्ना विचार प्रस्तुत गर्नुभयो। उहाँले छन्द सिर्जनामा अनुशासनसँगै भावनात्मक गहिराइ आवश्यक रहेको बताउनुभयो।


त्यसैगरी विशेष अतिथि तथा वक्ताका रूपमा वरिष्ठ साहित्यकार एवं सौन्दर्यचिन्तक प्रा. डा. देवी नेपालले छन्दको सौन्दर्यशास्त्रीय पक्षमाथि गहन विश्लेषण प्रस्तुत गर्नुभयो। उहाँले छन्दमा विचार, सौन्दर्य र मानवीय चेतनाको समन्वय हुँदा साहित्य अझ प्रभावशाली र दीर्घकालीन बन्ने कुरा उल्लेख गर्नुभयो।कार्यक्रममा उपस्थित साहित्यकार, स्रष्टा तथा साहित्यप्रेमीहरूले वक्ताहरूका धारणा प्रति चासो व्यक्त गर्दै अन्तर्क्रियामा सक्रिय सहभागिता जनाएका थिए र  गोष्ठीले छन्द साहित्यप्रतिको बुझाइलाई थप समृद्ध बनाएको कुरा सहभागीहरूले बताए ।

कमेन्ट गर्नुहोस्