लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

मध्यरातमा बालेंन र रविको कार भेटयात्रा: असिम शाह भन्छन् : कथाको सुखद् सुरुवात

IMG

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच झण्डै ६ घण्टा वार्ता भएको छ ।सोमबार राति रास्वपाका पूर्वसांसद असिम शाहको कमलपोखरीस्थित घरमा यी दुई नेताबीच लामो छलफल भएको हो ।वार्तापछि पूर्वसांसद भेटवार्ता सुखद् भएको बताएका छन्। यो भेटको प्रबन्ध मिलाएका साहले फेसबुकमा ‘कथाको सुखद् सुरुवात भएको’ बताएका हुन्।रवि र बालेनलाई वार्तापछि एउटै गाडीमा बिदा गरेका रास्वपा नेता असिम शाहले राति १ः४२ बजे फेसबुकमा लेखेका छन्, ‘अन्ततः कथाको सुखद सुरुवात भएको छ। रवि र बालेन(दुई दाजु–भाइको मिलन भएको छ। यो व्यक्तिको मात्र होइन, देशले खोजेको आशाको मिलन हो। हामी सबै नेपालीलाई बधाई !’


बालेनसँग भेटेका रविले भने- सुदन र कुलमानसँग पनि कुरा गर्दैछौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानलेले नयाँ र वैकल्पिक भनिएका सबै शक्तिसँग सहकार्यका लागि छलफल सुरु गरिएको बताएका छन् । उक्त योजनाअनुसार नै सोमबार राति अबेरसम्म काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)सँग छलफल भएको उनको भनाइ छ ।‘नयाँ र वैकल्पिक भनिएकाहरूलाई संवादमार्फत एकै ठाउँमा प्रयासस्वरुप हामी लागिरहेका छौँ। टुंगोमा पुग्ने गरी काम गरिरहेका छौँ,’ उनले भने ।बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको हो? भन्ने प्रश्नमा लामिछानले भने, ‘हामी त्यसचरणमा पुगेका छैनौँ। पहिले एक अर्कालाई बुझ्नुपर्‍यो ।’ उनले फेरि पनि छलफलको तयारी भएको र त्यसपछिमात्रै राजनीतिक छलफल हुने बताए । उनले हामी नेपाली नामक एनजीओका सुदन गुरुङ र ऊर्जामन्त्री कुलमान घिसिङसँग पनि छलफलको तयारी भएको बताए ।‘अरुसँग पनि कुरा भएको छ । सुदन गुरुङजीसँग, कुलमानजीसँग पनि कुरा गर्छौँ,’ उनले भने, ‘रास्वपाले गर्छ नै यो रास्वपाको जिम्मेवारी नै हो ।’


प्रधानमन्त्रीका बारेमा छलफल 

रास्वपा सभापति रवि लामिछाने र काठमाडौंका मेयर बालेन साह आगामी राजनीतिक यात्रा सँगै गर्ने समझदारी नजिक पुगेका छन् । यस यात्राको क्रममा यसपटकको चुनावमा बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि बढाउन रवि सकारात्मक बनेको स्रोत बताउँछ । समझदारी अनुसार दुई नेता अघि बढेमा अर्को चुनावमा भने बालेनले रविलाई सघाउने छन् ।गएराति रास्वपा केन्द्रीय सदस्य असिम साहको म्युजिक कम्पनीको कार्यालय रहेको भवनमा बालेन र रवि लामिछानेबीच करिब ७ घण्टा वार्ता भएको थियो । वार्तापछि उनीहरु एउटै गाडीमा बाहिरिएका थिए।‘सुरुमा बालेन, कुमार बेन, रवि र असिम साहबीच करिब ४५ मिनेट संयुक्त छलफल भयो । त्यसपछि असिम र कुमार बेनलाई बाहिर राखेर रवि–बालेनबीच ४–५ घण्टा एक्लाएक्लै छलफल भयो’, स्रोतले भन्यो ।‘वान अन वान’ वार्ताका विषय औपचारिक रुपमा सार्वजनिक भएका छैनन्। तर उनीहरु निकट स्रोत भने आगामी राजनीतिक यात्रा सँगसँगै गर्ने समझदारी बनेको बताउँछ ।

कमेन्ट गर्नुहोस्