लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सामुहिक विकास साकोसको ३१ औं साधारण सभा सम्पन्न: आचार्यको अध्यक्षतामा नयाँनेतृत्व बन्यो

IMG

शंकरनगर। ​तिलोत्तमा-३ शंकरनगर चोकमा अवस्थित सामुहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. को ३१ औं वार्षिक साधारण सभा तथा अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका अध्यक्ष सुरेन्द्र कुमार बर्माको अध्यक्षतामा सम्पन्न उक्त सभामा लुम्बिनी प्रदेश सभा सदस्य एवं पूर्व मुख्यमन्त्री लिला गिरी प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । 


कार्यक्रममा बोल्दै प्रमुख अतिथी गिरिले नवनिर्बाचित समितिलाइ सामान्य अवस्थामा भन्दा पनि बढी खटियेर सकारात्मक परिणाम निकाल्न दत्तचित्त भयेर लाग्नका लागि शुभकामना दिनुभएको थियो ।सो अवसरमा अध्यक्ष माधव प्रसाद पाठक, सदस्यको तर्फबाट लक्ष्मी पौडेल लगायतले शुभकामना दिनुभएको थियो। यसैगरी साधारणसभामा प्रस्तुत भएका प्रतिबेदन उपर सदस्यहरुको तर्फबाट सकृय रुपमा जिज्ञासा तथा सुझाबहरु राखीएको थियो । ​कुल १२ हजार ३ सय ५० जना शेयर सदस्य रहेको यस संस्थाको वासलात ३ अर्ब ५९ करोड रहेको र सहकारी सुशासनको हिसाबले समेत उत्कृष्ट सहकारिको रुपमा परिचित रहेको बरिष्ठ ब्यबस्थापक ईश्वरी मरासिनीले बताउनुभएको छ। 


​शनिबार सम्पन साधारण सभाले सस्थाका अध्यक्ष सुरेन्द्र कुमार बर्माद्वारा प्रस्तुत अध्यक्षको प्रतिबेदन, सस्थाका सचिव मीन प्रसाद पोख्रेलद्वारा प्रस्तुत सचिवको प्रतिबेदन, कोषाध्यक्ष पार्थमणी आचार्यद्वारा प्रस्तुत आर्थिक प्रतिबेदन र लेखा सुपरिवेक्षण समितिका सदस्य शारदा भण्डारिद्वारा प्रस्तुत लेखा सुपरिबेक्षण समितीको वार्षिक प्रतिवेदनहरू सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।  साधारणसभामा राष्ट्रिय सहकारी नियमन प्राधिकरणको निर्देशन पालना गर्दै बाह्य अतिथिका लामा शुभकामना मन्तव्य, पुरस्कार तथा सम्मानका कार्यक्रमहरू हटाइएको थियो भने सभालाई केवल संस्थाको मुख्य एजेन्डा र नीतिगत विषयमा केन्द्रित गरी मितव्ययी र सदस्य केन्द्रित साधारण सभाको रुपमा बनाइएको थियो।


साधरणसभाले आगामी कार्यकालको लागि ​नयाँ कार्यसमिति चयन गरेको छ। ​निर्वाचन उपसमितिका संयोजक चुडामणी खरेल, सदस्य डा. दामोदर भुसाल र कानुनी सल्लाहकार अधिवक्ता खुमकान्त पौडेलको सहजीकरणमा आगामी ४ बर्षे कार्यकालका लागि नयाँ नेतृत्व निर्विरोध निर्वाचित भएको हो। जसको ​अध्यक्षमा पार्थमणी आचार्य, ​उपाध्यक्षमा भुमिलाल सापकोटा,​सचिवमा रेनुका खरेल,​कोषाध्यक्षमा बिष्णुहरी पन्थी र ​सदस्यहरूमा शारदा भण्डारी,सरिता बस्याल,देव प्रसाद गुरुङ, भिमलाल पाण्डे र रुक्मागत पाण्डे रहेका छन्। त्यसो त समितिको लेखा सुपरिवेक्षण समितिको ​संयोजकमा रघुनाथ ढकाल र ​सदस्यहरूमा बाबुराम ज्ञवाली र सृजना शर्मा आचार्य रहेका छन्। साधारणसभामा बोल्दै ​नवनिर्वाचित अध्यक्ष पार्थमणी आचार्यले संस्थाको पारदर्शिता र सदस्यहरूको हितलाई सर्वोपरी राख्दै संस्थालाई अझै उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।


कमेन्ट गर्नुहोस्