लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले केन्द्रिय सदस्यमा जगेश्वरदेवी चौधरीको उम्मेदवारी

IMG

तिलोत्तमा। नेकपा (एमाले) का जगेश्वरदेवी चौधरी (जागेश्वरी चौधरी) ले ११औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन्।चौधरीले २०७४ मा पहिलो पटक र २०७९ मा दोस्रो पटक गरि २/२ पटक तिलोत्तमा नगरपालिकाको नगर उपप्रमुखमा अत्याधिक मत सहित निर्वाचित भएर नगरपालिकाको समग्र बिकासमा ठुलो योगदान दिई जनजातिको सवालमा पैरवी गर्ने यस क्षेत्रकै पहिलो आदिबासी जनजाती महिला बनेकी छिन।समग्र तिलोत्तमाको विकासको मोडलमा अग्रसर चौधरीले समाज बिकासमा आदिबासी जनजातिको योगदान र त्यसको पहिचान र बिकासमा समेत ठुलो भूमिका निभाएकी छिन। 


नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा रुपन्देहीको महाधिबेशन प्रतिनिधि निर्वाचनमा समेत क्षेत्रनम्बर-१ बाट महिला सदस्य उम्मेदवार भै जित हासिल गरेकी हुन्। चौधरीले पश्चिम क्षेत्रको बिकासमा अझ टेवा दिने उदेश्यले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।चौधरी स्थानीय तह र टोल,वडा क्षेत्र र जिल्ला हुँदै प्रदेश तहमा समेत निकै अनुभव बटुलेकी नेता हुन्। तिलोत्तमा नगरपालिकामा उनकै कार्यकालमा २/२ पटक नेपालमै उत्कृस्ट नगरको उपाधी पाएको र हरियाली प्रबर्द्धन, न्यायिक निरुपण, आत्मनिर्भर तालिम, आदिबासी जनजाती, महिला सशक्तिकरणका कार्यक्रमहरु जस्ता अभियानले तिलोत्तमालाई मुलुकभर चिनाउन सफल भएको छ ।


कमेन्ट गर्नुहोस्