लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

एमाले केन्द्रीय सदस्यमा रुपन्देहीका घिमिरेको उम्मेदवारी घोषणा

IMG

तिलोत्तमा। नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा रुपन्देही क्षेत्र नम्बर ५ का निवर्तमान प्रतिनिधिसभा सदस्य तथा तिलोत्तमा नगरपालिकाका पूर्वनगर प्रमुख बासुदेव घिमिरेले केन्द्रीय सदस्य पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।नेकपा (एमाले) का बासुदेव घिमिरेले ११औं महाधिवेशनका लागि केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका हुन्।


घिमिरे स्थानीय तह र संघीय संसद दुवैको अनुभव बटुलेका नेता हुन् ।घिमिरेले २०७४ सालको स्थानीय तह निर्वाचनमा नगर प्रमुखमा निर्वाचित भएपछि तिलोत्तमा नगरपालिकालाई ‘विकासको मोडल’ का रूपमा स्थापित गर्न सफल भएका थिए । उनले चलाएका अभियानले तिलोत्तमालाई मुलुकभर वातावरणमैत्री सुन्दर शहरको रूपमा चिनाउन सफल भएको छ ।प्रतिनिधिसभा निर्वाचन, २०७९ मा रुपन्देही–५ मा नेपाली कांग्रेसका नेता भरतकुमार शाहलाई १० हजार मतान्तरले पराजित गरेका थिए ।

कमेन्ट गर्नुहोस्