लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

सरकारले रुग्ण आयोजना व्यवस्थापनका नाममा त्रास फैलायाे : निर्माण व्यवसायी महासङ्घ

IMG

काठमाण्डाै – निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सरकारले रुग्ण आयोजना व्यवस्थापनका नाममा त्रास फैलाएको बताउनुभएको छ । निर्माण दिवसको अवसरमा आज काठमाण्डाैमा आयोजित कार्यक्रममा बोल्दै उहाँले ठेक्का व्यवस्थापन गर्ने नाममा निर्माण उद्योगीहरूलाई राज्यले प्रताडित गर्न नहुने बताउनुभएको हो ।अध्यक्ष सिंहका अनुसार एकतर्फी रूपमा निर्माण उद्योगको मात्रै त्रुटि देखाएर नागरिकसमक्ष उद्योगीको मानमर्दन गर्ने काम सरकारले बन्द गर्नुपर्छ । रुग्ण ठेक्काको व्यवस्थापन सही रूपमा हुनुपर्ने बताउँदै उहाँले सार्वजनिक ऐनको दफा ६९ को ३ र ८ यथाशीघ्र खारेज गरेर निर्माण उद्योगलाई चलायमान बनाउनुपर्नेसमेत बताउनुभयो ।


कार्यक्रममा शहरी विकास मन्त्रालयका सचिव गोपाल सिग्देलले पछिल्लो समय मन्दिले असर गरेको बताउनुभयो । उहाँका अनुसार हिजोका दिनमा गरिएका कानूनी त्रुटि, व्यवस्था र निर्माण व्यवसायमा टिकिराख्न गरिएका गैरकानूनी कामहरूले पनि यो अवस्था आएको हो । कानून र खरिदसम्बन्धी त्रुटिहरूलाई सुधारेर लैजानुपर्ने उहाँको भनाइ छ ।सचिव सिग्देलले ठेक्का व्यवस्थापनका नाममा सबै रुग्ण ठेक्काहरू नतोडिएको समेत बताउनुभयो । उहाँका अनुसार कतिपय ठेक्काहरू चेतावनीपछि अघि बढाइएको छ ।निर्माण व्यवसायी महासङ्घले १८औं राष्ट्रिय निर्माण दिवसको अवसरमा बिहान प्रभातफेरी पनि आयोजना गरेको छ ।

कमेन्ट गर्नुहोस्