लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

‘Comprehensive ICT Training for Visually Impaired Teachers’ औपचारिक रूपमा सुरु

IMG

गत आइतबार देखि देशभरका दृष्टिविहिन शिक्षकहरूको पेसागत क्षमता अभिवृद्धि गर्दै उहाँहरूलाई प्रविधिमा पूर्ण रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले “Comprehensive ICT Training for Visually Impaired Teachers” (बृहत् ICT तालिम) कार्यक्रमको औपचारिक सुरुवात भएको छ।सो तालिम विशेष गरी हाल शिक्षण पेसामा कार्यरत दृष्टिविहिन शिक्षकहरू तथा भविष्यमा शिक्षण पेसामा प्रवेश गर्न इच्छुक नव–आगन्तुक शिक्षक (विद्यार्थी) हरूका लागि लक्षित गरिएको छ। देशका विभिन्न स्थानबाट २५ जना कार्यरत दृष्टिविहिन शिक्षकहरू तथा २५ जना शिक्षण आकांक्षी विद्यार्थी गरी कुल ५० जनाको सहभागिता रहने आयोजकले बताएको छ।


यो कार्यक्रम कुनै ठूलो दातृ निकायको परियोजना नभई, प्रविधि र शिक्षणप्रतिको गहिरो समर्पण बोकेका ४ जना पूर्ण दृष्टिविहिन युवाहरूको व्यक्तिगत पहल, लगानी र सहकार्यमा सञ्चालन हुन लागेको एक विशुद्ध शैक्षिक अभियान हो। यसअघि पनि उक्त समूहले विगत ४ महिनादेखि विभिन्न पेसा र पेशागत क्षेत्रहरूमा सक्रिय ३२ जना दृष्टिविहिन व्यक्तिहरूका लागि 'Advance Computer Training' सफलतापूर्वक सम्पन्न गरिसकेको छ। 


यस बृहत् शिक्षक तालिमको मुख्य सहजीकरण किशोर आचार्य ले(पूर्ण दृष्टिविहिन) गर्नुहुनेछ ।प्रविधिको प्रभावकारी उपयोगमार्फत शिक्षणलाई कसरी गुणस्तरीय र पहुँचयोग्य बनाउन सकिन्छ भन्ने व्यावहारिक ज्ञान र सीप सहभागीहरूलाई प्रदान गरिने आयोजकको भनाई छ।

कमेन्ट गर्नुहोस्