लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विद्यालय स्तरीय लुम्बिनी कप कराते प्रतियोगिता हुँदै, बिद्यार्थीहरुलाई अवसर

IMG

कालिकानगर। नेपाल सितोरियो कराते संघ, रूपन्देहीले यहीँ मंसिर १८ गतेदेखि विद्यालय स्तरीय कराँते प्रतियोगिता गर्ने भएको छ ।कराँते खेलाडी उत्पादन र खेलको प्रबद्र्धन गर्ने उद्देश्यसहित संघले जिल्लाका विद्यालय स्तरीय लुम्बिनी कप कराते प्रतियोगिता गर्न लागेको हो । संघ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी दिएको हो । 


प्रतियोगितामा ३० विद्यालय सहभागी हुने संघका अध्यक्ष नारायण थापाले जानकारी दिए । मिनि र एडेड क्याडेड गरी दुई समूहमा प्रतिष्पर्धा गराइने छ । प्रतिष्पर्धामा धेरै मेडल प्राप्त गर्ने विद्यालयलाई उपाधि प्राप्त गर्नेछन । ३ दिनसम्म चल्ने प्रतियोगिता बुटवल–८ सुख्खानगरस्थित दीप बोर्डिङ हाइ स्कूलमा सञ्चालन हुनेछ । 


प्रशिक्षक उमेश थापाले कराते प्रशिक्षण भएका विद्यालयबीच प्रष्पिर्धा हुने बताए । अर्का प्रशिक्षक सन्तोष सिंहले कराते खेलको विकास र विस्तार विद्यालय तहबाट हुने आवश्यक रहेको बताए । खेलकूद पत्रकार मञ्च रुपन्देहीका अध्यक्ष सुमन अधिकारीले कराते खेलको विकासका लागि मिडियाको तर्फबाट सहयोग रहने बताए ।

कमेन्ट गर्नुहोस्