
शारदा शाही,मंगलापुर। तिलोतमा नगरपालिका वडा नम्बर ९ को आयोजनामा दोस्रो तिलोतमा रन २०८२ सम्पन्न भएको छ। शनिबार बिहान योगीकुटीबाट ८:३० बजे सुरु भएको दौड प्रतियोगिता करिब १ घण्टाको अवधिमा तिलोतमा नगरपालिका वडा नम्बर नौको कार्यालयमा गएर समापन भएको थियो।
गतवर्ष जस्तै यो वर्ष पनि धावकहरूको उमेर ३ समूहमा विभाजन गरिएको थियो। प्रतियोगितामा यम राज खत्री र सरस्वती कुँवरले ४० वर्ष मुनिको विधामा पहिलो स्थान हात पारेका हुन् । पुरुष तर्फ अजय पाण्डेय दोस्रो र मनोज केवट तेस्रो भएका थिए भने महिलामा कुसुम ठगुन्ना दोस्रो र ईश्वरी बिक तेस्रो भएका हुन् । त्यस्तै ४१ देखि ६० वर्ष उमेर समूहमा पुरुषततर्फ केशर जंग आले पहिलो, बल बहादुर राई दोस्रो र राजकुमार छेत्री तेस्रो भएका थिए । महिलामा निमी बुढामगर पहिलो, गायत्री सारु मगर दोस्रो र सिमा मानन्धर तेस्रो भएका थिए। त्यसैगरी ६१ वर्षमाथिको स्पर्धामा फेकबहादुर मगर पहिलो, टिका बहादुर मगर दोस्रो र खुम बहादुर रानाले तेस्रो स्थान हासिल गरेका थिए ।
तिनै विधामा पहिलो हुनेले १३ हजार, दोस्रो हुनेले ८ हजार र तेस्रो हुनेले ५ हजार रुपैयाँ प्रमाणपत्र र मेडल प्राप्त गरेका छन्। प्रतियोगितामा करिब ५०० बढी प्रतिस्पर्धीको सहभागिता रहेको आयोजक तिलोतमा वडा नम्बर ९ को कार्यालयले जनाएको छ।विजेता खेलाडीहरूलाई तिलोत्तमा नगर प्रमुख रामकृष्ण खाँणले पुरस्कार वितरण गर्दै युवाहरू राष्ट्रका गहना भएकोमा बताउँदै खेलको महत्व स्वास्थ्य र राष्ट्रका लागि निकै महत्वपूर्ण रहेको र खेल जित्नको लागि मात्रै नभई सहभागीता हुनु पनि एकता र मेलमिलापका लागि महत्वपूर्ण रहेको उहाँको भनाइ थियो।
खेलले मान्छेलाई अनुशासित बनाउने र आर्थिक रुपमा पनि सबल बनाउने कुरा उहाँले बताउनुभयो आजको प्रतियोगिताको अध्यक्षता तिलोतमा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष ध्रुव न्यौपानेले गर्नुभएको थियो। भने कार्यक्रमको सञ्चालन लक्ष्मण गुरुङ 'लप्सन' ले गर्नुभएको थियो। कार्यक्रममा कार्यपालिका सदस्य तारा सुनार, रवि सेन्चुरी, वडा सदस्य मिसु शाही, कमल रेग्मी ,वडा नम्बर ९ का निवर्तमान अध्यक्ष नारायण न्यौपाने, विभिन्न टोल विकास समिति सदस्यहरू, आमा समूहका सदस्यहरू, समाजसेवी लगायतको उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्