
सुपौली। रुपन्देहीमा सम्पन्न चौथो समपुर्ण कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि झरना स्पोर्ट्स क्लबले चुमेको छ । झरनाले प्रतिश्प्रधात्मक खेलका बीच २ का बिरुद्ध ३ गोल गरि सिम्रिक युवा क्लब बुटवल कालिका नगरलाई पराजित गर्दै उपाधि चुमेको हो। स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट शुरु भएको चौथो समपुर्ण कप नकआउट फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।
समपुर्ण युवा क्लव तिलोत्तमा-१४ को आयोजनामा सुपौली स्थित क्लवको आफ्नै खेल मैदानमा भएको प्रतियोगितामा कुल १२ टोली सहभागी रहेका थिए भने प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु ३ लाख ३ हजार ३ सय ३३ रुपैया तथा उपविजेताले नगद रु १ लाख ५१ हजार १ सय ५१ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेका छन। प्रतियोगितामा बिजेता तथा उपबिजेतालाई प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका उपप्रमुख जागेश्वर देवी चौधरीले पुरष्कार प्रदान गरेकी थिइन् । यसैगरि विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु ८ हजार ५०० सयका दरले पुरस्कार पाएका छन भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच खेलाडीलाई नगद रु ३ हजार सहित ट्रफी प्रदान गर्ने गरिएको छ।
कमेन्ट गर्नुहोस्