
सुपौली। चौथो समपुर्ण कप नकआउट फुटवलको सेमीफाइनल समिकरण पुरा भएको छ । मंगलबार सम्पन्न अन्तिम क्वाटरफाइनलमा सिम्रिकद्धारा लिस्नु पराजित भएसँगै सेमीफाइनलमा भिड्ने ४ टोलीको टुंगो लागेको हो । मंगलबारको अन्तिम क्वाटरफाइलमा प्रतियोगिता कै दावेदार मानिएको लिस्नु युवा क्लव कोटिहवालाई १ का विरुद्ध ३ गोलले हराउदै सिम्रिक युथ क्लवले सेमीफाइनलमा सिट सुरक्षित गर्न सफल भयो । अत्यन्तै प्रतिस्प्रर्धात्मक खेलमा सिम्रिकलाई जीताउन जर्सी ७ का खेलाडी मिलन आलेले ह्याटिक गरे । उनले खेलको चौथो मीनेटमा लिस्नु विरुद्ध पहिलो गोल गरे ।
मध्यान्तर अघि ० का विरुद्ध १ गोलको अग्रता बनाएको सिम्रिकका लागी मध्यान्तरपछिको ५९ औं मिनेटमा मिलन आलेले ब्यक्तिगत दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । गोलका लागी संघर्षरत लिस्नुको तर्फबाट खेल सकिन ८ मिनेट बाँकी छदा विदेशी खेलाडीले गरेको उत्कृष्ट प्रहारले सिधै जाली चुमेको थियोे । दुई एकको स्थितिमा रहेको लिस्नुले खेलमा फर्किन अन्तिम समयसम्म लगातार प्रयास गरेपनि सफल भने भएन । मंगलबार उत्कृष्ट लयमा देखिएको सिम्रिकका लागी खेल सकिन अन्तिम मिनेट बाँकी छदा कप्तान सुरज चौधरीको पासमा मिलन आलेले तेस्रो गोल गर्दै खेललाई तिन एकको स्थितिमा पुर्याउदै जित दिलाए । मंगलबारको खेलमा सिम्रिकलाई जिताउन ह्याटिक गरेका मिलन आले म्यान अफ दी म्याच हुदै नगद रु ३ हजार र ट्रफीबाट सम्मानित भए ।
यो सँगै समपुर्ण कपको सेमीफाइन समीकरण पुरा भएको छ । प्रतियोगिताको पहिलो सेमीफाइनलमा बुधबार झरना स्पोटर््स क्लव कुन्जलापुर तथा कपिलवस्तु ११ भिड्ने प्रचार प्रसार संयोजक तथा क्लबका सचिव रवि अर्यालले जानकारी दिए । यसैगरि बिहिबारको दोस्रो सेमीफाइनलमा भने गत बर्षको विजेता सिम्रिक युथ क्लव बुटवल र सुनवल एफसी सुनवल भिड्नेछन ।स्व. बुवा लाल बहादुर पुन तथा स्व छोरा राजकुमार पुनको स्मृतिमा कार्तिक २५ गतेबाट शुरु भएको चौथो समपुर्ण कप नकआउट फुटवल प्रतियोगिता मंसीर ६ गतेसम्म चल्ने छ । समपुर्ण युवा क्लव तिलोत्तमा-१४ को आयोजनामा सुपौली स्थित क्लवको आफ्नै खेल मैदानमा जारी प्रतियोगितामा कुल १२ टोली सहभागी छन भने प्रतियोगिताको विजेताले उपाधि सहित नगद रु.३ लाख ३ हजार ३ सय ३३ रुपैया तथा उपविजेताले नगद रु १ लाख ५१ हजार १ सय ५१ रुपैया सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष अविर पुन पाइजाले जानकारी दिए ।
यसैगरि विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलकिपर, सर्वाधिक गाृेलकर्ता र उदयीमान खेलाडीले नगद रु. ८ हजार ५०० सयका दरले पुरस्कार पाउनेछन् भने खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याच खेलाडीलाई नगद रु ३ हजार सहित ट्रफी प्रदान गर्ने गरिएको क्लवका कोषाध्यक्ष विजय थापाले जनाए । खेल हेर्न पहिलो चरणमा रु.५० टिकट तय गरिएको खेलमा क्वाटरफाइनल, सेमीफाइनल र फाइनलका लागी रु १०० तय गरिएको क्लवका संस्थापक अध्यक्ष अशोक पुनले बताए । जेष्ठ नागरिक, बालबालिका, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क रहेको प्रतियोगितामा प्रत्येक खेलाडीका लागी रु. १ लाख बराबरको इन्सुरेन्स गरिएको खेल संयोजक ढक बहादुर पुनले जानकारी दिए ।तिलोत्तमा-१४ सुपौलीमा जारी चौथो समपुर्ण फुटवलको सेमीफाइनल समिकरण पुरा भएको छ । मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा सिम्रिकद्धारा लिस्नु पराजित भएसँगै सेमीफाइनलमा भिड्ने ४ टोलीको टुंगो लागेको हो
कमेन्ट गर्नुहोस्