
काठमाडौं । संसद् विघटन असंवैधानिक भएको भन्दै नेकपा एमाले अदालत जाने भएको छ । भक्तपुरको गुण्डुमा बसेको सचिवालय बैठकले अदालत खुल्नासाथ अदालत जाने निर्णय गरेको हो ।एमाले उपमहासचिव प्रदीप ज्ञवालीले अदालत संसद् पुनर्स्थापनाका लागि अदालत जाने निर्णय भएएको जानकारी दिए ।‘अहिलेका कुनै पनि गतिविधि चुनाव उन्मुख छैनन् । यो विघटन नै असंवैधानिक भएकाले त्यो पुनर्स्थापना हुनुपर्छ भन्ने हाम्रो माग छ,’ ज्ञवालीले भने, ‘अदालत खुलोस्, अनि हामी जान्छौं ।’
एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने
नेकपा एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने भएको छ ।आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ उनले भने ।स्थान र मितिको टुंगो भने केन्द्रीय कमिटी बैठकबाट हुने पनि उनले बताए ।एमालेको केन्द्रीय कमिटी बैठक आगामी २९ गतेबाट हुँदैछ ।
कमेन्ट गर्नुहोस्