लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

समानता साकोस ओमसतिया-१ को १४औ बार्षिक साधारणसभा सम्पन्न

IMG

ओमसतिया, कटैया। समानता बचत तथा ऋण सहकारी संस्था लिमिटेड ओमासतिया-१ रुपन्देहीको १४ औ बार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष टंक प्रसाद भुसालको अध्यक्षतामा सम्पन्न सो साधारण सभाले आगामी कार्यदिशा समेत सर्वसम्मतले पारित गरेको छ।सो अवसरमा बोल्दै अध्यक्ष भुसालले संस्थाको प्रगतिमा सबै सदस्यहरुले उत्तिकै महात र परिश्रमगरेकोले आज यो स्थानमा आउन सफल भएको बताउनुभयो। 


शनिबार रुपन्देहीको ओमसतिया-१ स्थित सनलाइट स्कुलको प्रांगणमा १४ औ बार्षिक साधारणसभा सम्पन्न गरेको हो। प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष नारायण प्रसाद घिमिरेले उद्घाटन गर्नुभएको सो सभामा संस्थाका अध्यक्ष टंक प्रसाद भुसालले आर्थिक वर्ष २०८१/०८२ को करिव  १३ करोड बराबरको वार्षिक वासलात भएको प्रगति प्रतिबेदन पेस गर्दै उहाँले आगामी आव २०८२/०८३ को लागि प्रस्तावित वार्षिक बजेट तथा कार्य योजना प्रस्तुत गर्नु भएको थियो।


सो अवसरमा बोल्दै प्रमुख अतिथि संस्थाका संस्थापक अध्यक्ष घिमिरेले सस्थाले छोटो समयमै सदस्यको भावना बुझेर सशक्त रुपमा कार्यसम्पादन गरेको प्रति खुसि ब्यक्त गर्दै सदस्यहरुलाई संस्थाप्रति ढुक्क रही कारोबार गर्न सुजाव दिनुभयो । उहाँले अरु सहकारी जस्तो डराउनु पर्ने र डुब्छ कि भन्नु पर्ने अवस्था समानताको नरहेकोले यो हाम्रो परिवार जस्तै भएकोहुँदा परिवारको झैँ मायाले हुर्काउनुपर्ने बताउनुभयो।सो संस्थाको कार्यकारी प्रमुख सबितासिंह मल्लले ग्रामिणभेगमा रहेर संस्थाले सदस्यहरुलाई आत्मनिर्भर गराउन सो संस्थाको ८ सय ६३  जना शेयर सदस्यहरुको सहकार्यमा संस्था अघि बढेको बताउनुभयो। 


सो संस्थाले विभिन्न विद्यालयहरुका प्लस-२ मा एप्लस ल्याउने २ जना छात्राहरुलाई नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरेको छ भने २ जना ज्येष्ठ सदस्यलाई समेत आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्दै सम्मान र गिफ्ट प्रदान गरेको छ। साधारणसभामा संस्थाका सल्लाहकारहरु बिशिष्ठ अतिथि तोलाकान्त बस्याल, अतिथि लेखनाथ बस्याल लगायतले बोल्दै संस्थाको प्रगतिको कामना गर्नुभएको थियो।साधारण सभामा गत आर्थिक बर्षको आयव्यय सचिव लिलाधर बस्यालले प्रस्तुत गरेका थिए भने, लेखा प्रतिबेदन लेखा समिति सदस्य चुमकला बस्यालले गर्नुभएको थियो।कार्यसमिति सदस्य जानकी पन्थीको स्वागतबाट शुरु गरिएको कार्यक्रमको संचालन उपाध्यक्ष श्याम बस्यालले गर्नुभएको थियो। 


कमेन्ट गर्नुहोस्