लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

दलका नेतालाई प्रधानमन्त्रीको आग्रह- परिवर्तन आत्मसात गर्नुस्, तपाईंहरुबिना चुनाव सम्भव छैन

IMG

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दलहरुलाई निषेध गरेर जान नसकिने प्रष्ट पारेकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेको संसदमा प्रतिनिधित्व गर्ने दलहरुको बैठकमा प्रधानमन्त्री कार्कीले दलहरुले पनि परिवर्तनलाई आत्मसाथ गर्नुपर्ने बताइन् ।कार्कीले दलहरूको सहभातिाविना निर्वाचन नहुने विषयमा सरकार प्रष्ट जानकार रहेको भन्दै स्वतन्त्र निष्पक्ष र भयरहित निर्वाचन गराउन सरकारले शान्ति सुरक्षाको प्रवन्ध गर्ने विश्वास दिलाएकी थिइन् ।


प्रधानमन्त्रीले जेनजीहरू हामीहरू सबैको छोरा नाती भएकाले उनीहरूले किन आज यस्तो असंतुष्टी व्यक्त गरे भन्ने बुझेर परिवर्तनलाई आत्मसात गर्दै अगाडि बढ्न दलहरूलाई आग्रह गरेकी थिइन् ।बैठकमा अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीसहित सबैमन्त्री सहभागी थिए । बैठकमा सहभागी एमाले र कांग्रेसका नेताहरुले भने भदौ २४ गते लुटिएका प्रहरीका हतियार र जेलबाट भागेका कैदी बन्दीहरु बाहिरै छाडेर निर्वाचन कसरी गर्न सकिन्छ भन्ने प्रश्न उठाएका थिए ।

कमेन्ट गर्नुहोस्