लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

अथक प्रयास खेर गयो,आयोजकको हातमा शुन्यता,नवलपरासी ११ सेमिफाइनल प्रवेश

IMG

कुञ्जलापुर। आयोजक झरना स्र्पोट्स क्लव कुन्जलापुरलाई शुन्यका विरुद्ध २ गोलले हराउदै नवलपरासी एघार, ३७ औं झरना रनिङ शिल्ड फुटवल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । मंगलबार तिलोत्तमा ६ कुन्जलापुरस्थित उमा आधारभूत विद्यालयको खेल मैदानमा भएको तेस्रो क्वाटरफाइनलमा आयोजक झरना विरुद्ध दोस्रो हाफको अन्तिम १० मिनेट भित्र शानदार २ गोल गर्दै नवलपरासी ११ ले सेमीफाइनल यात्रा पक्का गरेको हो ।


अन्तिम मिनेटसम्म पनि बल आफ्नो नियन्त्रणमा राख्दै उत्कृष्ट खेल प्रद्र्धशन गरेको आयोजक झरनाले, पाएका अवसरहरुलाई सदुपयोग गर्न नसक्दा हार ब्यहोर्न पुग्यो । नवलपरासी ११ को जीतमा पुर्ण बहादुर गुरुगँ र मनिष थारुले क्रमश एक एक गोल गरे भने विजेता टोलीको तर्फबाट अनिल ब्याम्बु म्यान अफ दी म्याच घोषित भए । बुधबार स्व.युवा खेलाडी अंकित पुनको स्मृति दिवस परेकाले कुनै खेल हुने छैन भने अन्तिम क्वाटरफाइनलमा आगामी बिहिबार जबई स्पोर्टिगँ क्लव र कपिलबस्तु ११ बीच खेल हुने छ । 


स्व.युवा खेलाडी अंकित पुनको स्मृतिमा आयोजना गरिएको ३७ औं झरना रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता असोज १ गतेबाट शुरु भएको हो । असोज १३ गतेसम्म चल्ने प्रतियोगितामा कुल १२ टोलीले सहभागिता जनाएका छन । प्रतियोगिताको विजेताले ३ लाख ४१ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लवका अध्यक्ष धनेन्द्र पौडेलले जानकारी दिनुभयो । यसैगरि दोस्रो हुनेले १ लाख ८६ हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने पौडेलले बताउनुभयो ।


प्रतियोगिताको सेमीफाइनल खेल्ने दुवै टिमलाई ३० हजार प्रदान गरिने छ । त्यस्तै, विधागततर्फ सर्वोत्कृष्ट खेलाडीले १५ हजार, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट स्ट्राइकर, बेष्ट गोलकिपर तथा बेष्ट कोचले क्रमश १०÷१० हजार पाउने खेल संयोजक विजय पुनले जनाउनुभयो । खेल अवधिभर हरेक दिनको म्यान अफ द म्याचले नगदसहित ट्रफी पाउने ब्यवस्था गरिएको प्रतियोगितामा खेल हेर्न १०० रुपैयाँ टिकट शुल्क तय गरिएको छ भने सेमीफाइनल र फाइनलका लागी रु २०० तय गरिएको क्लवका सचिव मोहनसिह रानाले जानकारी दिनुभयो । यसैगरि बृद्ध बृद्धा, महिला र फरक क्षमता भएका दर्शकहरुलाई प्रवेश निशुल्क गरिएको छ ।


कमेन्ट गर्नुहोस्