लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

३७औं झरना रनिङ शिल्ड फुटबल :नवलपरासीले समपुर्णलाई हरायो

IMG

कुञ्जलापुर । उत्कृष्ट जितका साथ नवलपरासी ११ रुपन्देहीमा जारी ३७औं झरना रनिङ शिल्ड खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।शुक्रबार सम्पन्न प्रिक्वाटरफाइनलतर्फ नवलपरासी ११ ले समपुर्ण एफ सी सुपौलीलाई ३–१ गोलको अन्तरले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो । 


आज सम्पन्न खेलमा नवलपरासी ११ का जर्सी नम्बर ४ सुजन क्षेत्री म्यान अफ दि म्याच समेत चुनिए, जसलाई समाजसेवी निर्मल खत्री र क्लबका अध्यक्ष धनेन्द्र पौडेलले  नगद सहित ट्रफी प्रदान गर्नुभएको थियो। प्रतियोगिता अन्तर्गत असोज ४ गते शनीबारको प्रिक्वाटरफाइनल खेल भूपू सैनिक जवई स्पोर्टिङ्ग क्लब र फर्साटिकर युवा क्लबबीच हुने आयोजकले जानकारी दिएको छ। झरना स्पोर्टस क्लब, तिलोत्तमा–६, कुञ्जापुर, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख ४१ हजार हात पार्नेछ भने उपविजेताले १ लाख ८५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल असोज १३ गतेका दिन हुनेछ ।

कमेन्ट गर्नुहोस्