
सुजित बिक। देश यतिबेला राजनैतिक शुन्यता मा छ ।गैर राजनैतिक व्यक्तिको हातमा सरकारको बाडोर पुगेको छ , सबैको नजरमा Gen-z बिद्रोह ठिक थियो या उक्साहट भन्नेको हुल व्यापक देखिन्छ किनकि सरकारमा रहेका दल कांग्रेस एमाले लगाएत बहुमत संख्याका मतियारहरु मुख्य त प्रधानमन्त्री भएका केपि ओलि को अहंकार र दम्भ का कारण यो अवस्था आयको हो यसमा दुइमत छैन । तर हाम्रो देश को सुरक्षा व्यवस्था यति कमजोर होत भन्ने तर्फबाट हेर्ने हो भने कहि कतै शंका गर्नु पर्ने धेरै प्रश्न हरु छन, किन कि दुइदिन को हुल जस्था ले सिंगो व्यवस्था नै परिवर्तन गरिदियो लुटपाट आगजनी हत्या गरि जस्ले पनि सत्ता कब्जा गर्न सक्छ भन्ने नया खाल को नजिर हाम्रो देश मा स्थापित भयो ।
भोलि को दिन मा फेरि यो अर्को समुहले गर्न नसक्ला भन्न सकिन्न त्यस तर्फ कसैको ध्यान चिन्ता भएको देखिन्न । राजतन्त्रात्मक सामन्तवादी राज्य व्यवस्था बिरुद्व तत्कालीन नेकपा माओवादी ले संघर्ष को आव्हान गर्दा हजारौ हजार ले साथ दिए रगत बगाए । दश बर्ष लगाएर जनयुद्व गरेको माओवादी आन्दोलन लाइ अन्तिम मा सबै राजनैतिक दल ले साथ दिएर २०६२/६३ को जनआन्दोलन सफल भयो अन्तत २४० बर्ष देखि सासन गरेको राजतन्त्र को अन्त्य संगै देश मा लोकतान्त्रिक गणतन्त्र को स्थापना भयो । साथै संविधान सभा हुदै संघिय लोकतान्त्रिक गणतन्त्र देखि अहिले Gen-z आन्दोलन सम्म आइपुग्दा हाम्रो देश का ठुला भनाउदा नेता हरु ले जे गरेपनि हुन्छ भन्ने कुसंस्कार का कारण मानवीय र भौतिक संम्रचना सहित राज्य को सम्पत्ति माथि ठुलो क्षेति भयो ।
हत्या भयो,डकैति भयो चोरी भयो साथै अझै अचम्मको कुरा जेलमा रहेका कैदिवन्दी हरु लाइ समेत उक्साहट मा ल्याएर जेल नै फोर्न लगाइयो र कयौं ठुलाठुला अपराध का नाइके हरु लाइ भगाइयो ।सरकारी कार्यालय हरु अदालत मन्त्रालय लगाएत त्यस्ता महत्वपुर्ण कागजात हरु थिए ति सबै जलाउन लगाइयो यति सम्म कि ठाउ तोकि तोकि सबै ध्वस्त पारियो ।यो सबै हुदा समेत देश को शान्तिसुरक्षा मा खटिएका सेना र ससस्त्र प्रहरी को मौनता किन थियो भन्ने प्रश्न पनि आउछ।देश को व्यवस्था र सम्पत्ति माथी आक्रमण हुदै गर्दा रक्षा गर्ने दाइत्व लिएर बसेको सुरक्षा निकाय लाइ कस्ले होल्ड गरायो यता तर्फ कस्ले ध्यान दिने हो ? प्रधानमन्त्री गलत हुन सक्ला मन्त्री गलत हुन सक्ला तर केहि हुल जस्था ले बितण्डा मच्चाएकै कारण त्यो अपराध लाइ प्रोत्साहन गर्ने वैधता दिने र तिनकै इसारामा सरकार बनाउदै नांच्ने हो भने यो सब योजनावद्द देश लाइ सिध्याउने खेल सुरु भयो भन्ने संकेत हो । देश लाइ केपि ओलिको नेतृत्व ले गलत दिशा तर्फ लादैछ भनेर पटक पटक पुर्व प्रधानमन्त्री प्रचण्ड ले पनि भनेकै हुन तर झन भ्रष्ट्र हरु को सम्रक्षण र अहङ्कारी प्रवृत्ति का कारण ओलि सरकार र राजनैतिक दल प्रति निराश र आक्रोशित युवा हरुले आन्दोलन सुरु गरे ।
वेथिति विरुद्व यो आवस्यक पनि थियो तर घटना क्रम लाइ नजिक बाट निहाल्दा युवा हरु को आवेग लाइ गलत पात्र ले गलत उदेश्यका साथ प्रयोग गरिदियो Gen-z हरु को माग नै भष्ट्रचारी नेता हरु बाट देश बन्दैन देश ले निकास पाओस भन्ने थियो नयां केहि होस भन्ने थियो तर अब देश नै नरहने हो कि भन्ने खतरा मडारिनु त्यति राम्रो संकेत होइन ।यो अस्थिरता ल्याउनु मा कस्को भुमिका छ भन्ने हो भने मुख्य दोषि ठुला राजनैतिक दल नै पर्छन जस्को मुख्य दोष सरकारको नेतृत्व गर्ने दलहरु हुन किनकि यो भन्दा अगाडी सरकार लाइ सचेत गराउदै आफ्ना माग हरु राख्दै आन्दोलन हरु भएका होइनन त ? भएका हुन । किसान ,शिक्षक,लघुबित्त,मिटर व्याजी राजावादी,कुलमान हटाउदा, निजि बिद्यालय का शिक्षक,सुन मा कर लगाउने बिरोध,लगाएत दर्जनौं ठुला ठुला आन्दोलन हुदा सम्म ओलि सरकार नतमस्त भयो डिग हल्लिएन पुरै नजरअन्दाज गरेर सुनेको नसुनै गर्यो । हरेक ठाउबाट बिरोध र गालि वेइजति को बर्षा हुन थालेपछि संचार क्षेत्रमा प्रतिवन्ध लगाउने ओलि बिरुद्व बोले पक्राउ गर्ने जेल हाल्ने हुदा पनि बिरोध थेगि नसक्नु भएपछि सामाजिक संजाल बन्द गर्ने निर्णय नै यो सरकार अन्त्य को कारण बन्यो ।
तर यति छिटो ओलि सरकार लाइ श्रध्दाञ्जली दिनु पर्ला भन्ने कल्पना समेत गरिएको थिएन किनकि बहुमत को घमण्ड थियो उहाहरुमा । यस्तो अवस्था लाइ हेर्दै जादा Gen-z समुहको निस्वार्थ आन्दोलन मा राजावादी,राष्ट्रिय स्वतन्त्र पार्टी,र चोर डकैत अपराधी समुह हरुको घुसपैठ साथै बिदेशी दलाल हरुको योजना को सिकार हो भन्ने प्रष्ट प्रमाण हरु ले बताउछन। अन्तरिम सरकार मा नआउदै शुशिला कार्की ले भारत को मिडिया लाइ दिएको अन्तरवार्ता,प्रधामन्त्री भएपछि भारत र पश्चिमेली राष्ट्र हरुले दिएको स्वागत सहित को चर्चा । भारत का मिडिया हरुले गरेको प्रचार प्रसार साथै वुद्ध धर्मका धर्मगुरु भनिने दलाइ लामा अमेरिकी एवं पश्चिमेली साम्राज्यवादी शक्तिहरुले चीन विरोधी राजनीतिमा सक्रिय गराउँदै आएका यि पात्र अहिले भारत को सरण लिइरहेका छन उनले नेपाल को राजनीति प्रति सधैं नजिक बाट निहाल्ने गरेका छन तर कहिल्यै बोलेनन , यस पटक उनले पनि बधाई दिनु ले चाइना बिरोधी हरु संग को रणमैदान नेपाल बन्दैछ भन्ने संकेत हो । अब सिंगो राजनैतिक दल हरु लाइ पाखा लगाएर देश लाइ गृहयुद्व तर्फ धकेल्दै सिक्किमी करण गर्न खोज्ने हो भने देशमा शान्ति हुने देखिन्न यदि यो अवस्था आयो भने Gen-z ले राज्य प्रति ठुलो गद्वारी र अपराध गरेको ठहरिने छ र यस्को मुल्य अवस्य चुकाउनु पर्ने छ ।
देश लाइ नै खतरा भयो भने सबै नेपाली हरु एकजुट भएर लड्नु पर्ने पनि हुन सक्छ तर बागडोर गलत पात्र को हातमा गएकै हो भने फेरि जनता ले रगत बगाएर अर्थ हुने देखिन्न किनकि हाम्रो देश र देश मा खटिएका सुरक्षा संयन्त्र नै संका गर्नु पर्ने अवस्था मा छ । त्यसैले पनि संसद बिघटन गरि गैर संसद को नेतृत्व मा देश जानु भनेको संबिधान र व्यवस्था माथि को ठुलै षड्यन्त्र हो तर त्यहि सांसद को निरन्तरता आवश्यक हो त भन्दा होइन अब उप्रान्त केपि ओलि लगाएत जनबिरोधि नेता हरु लाइ जनताले सांसद भएको देख्न चाहेका छैनन तर संबिधान अनुसार सदन बाटै संसद बिघटन गर्ने व्यवस्था रहेको हुदा त्यहि अनुरुप गरे को भए लोकतन्त्र माथि कालो पोतिदैन थियो भन्ने मात्र हो। त्यसैले अब Gen-z ले राम्रो सोचेर प्रधानमन्त्री वनाएको ७३ बर्षीय सुशिला कार्की पनि त्यति विवाद रहित हुन सकिनन ।
प्रधानन्यायाधिस भइसकेको व्यक्ति सरकार मा जान मरिहत्य गर्दै विध्वंस भएको देश मा मौका छोप्न खोज्नु युवाहरु को मानमर्दन गरेकै हो । Gen-z समुहमा भएको आपसी विवाद हरु ले गर्दा यो आन्दोलन भोलिको दिन मा अपराध सावित भयो भने जेल जानु पर्ने फैसला गर्ने समुह अर्को त पक्कै नआउला भन्न सकिन्न ? देश प्रेमि ले देश को चिन्ता लिन्छ जनता को चिन्ता लिन्छ म त्यहि योद्वा हु देश दुखेको देख्न सक्दिन । देश गतिमा जाओस । गरिव निमुखा जनता ले फेरि त्यहि बाथिति बेहोर्न नपरोस । र फेरि बन्दुक नउठोस शुभकामना ।
कमेन्ट गर्नुहोस्