लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शिक्षा बिधेयकको बिरोधमा तिलोत्तमाको मुख्य हाइवेमा स्कुलका सयौँ बसहरुको लाइन

IMG

तिलोत्तमा। रुपन्देही सहित देशैभरिका निजी विद्यालयका सञ्चालकहरूले सडकमा खाली बससहित विरोध प्रदर्शन गरेका छन । आन्दोलन अन्तर्गत तिलोत्तमाको मुख्य हाइवेमा पनि रुपन्देहीका निजि विद्यालयका सयौं बसहरु कालो झण्डासहित शिक्षा विधेयकको विरोधमा उत्रिएको देखिन्थ्यो। 


शिक्षा विधेयकको विरोध गरिरहेका निजी विद्यालयका सञ्चालकहरूले केन्द्रको निर्देशन अनुसार स्कुले बससहितको -र्याली निकालेको प्याब्सन रुपन्देहीका अध्यक्ष दीपक खनालले जानकारी दिए । प्याब्सन, एन याब्सन, हिसान, अपेन र एनएमएले संयुक्त रूपमा तिलोत्तमाको ६ लेनमा खाली बस ठड्याएर विरोध जनाएको खनालले बताए । सोमबार दिउँसो सिक्सलेन सडकखण्डको बुटवल, योगीकोटी, ड्राइभरटोल, नयाँमिल, मणिग्राम, कफीकम्पनी, मंगलापुर, भलवारी हुदै भैरहवासम्म नै सयौंको संख्यामा निजी विद्यालयका बसहरुलाई लामबद्ध रुपमा सडकछेउमा पार्किगँ गरि राखिएको थियो ।


विद्यालय शिक्षा विधेयकबाट ‘पूर्ण छात्रवृत्ति’ र ‘क्रमशः गैर नाफामूलक बनाउने’ लगायतका शब्द हटाउन माग गर्दै रुपन्देही सहित देशैभरिका निजी विद्यालयका सन्चालकहरु अहिले आन्दोलनमा छन । शिक्षा समितिबाट पारित भएको विधेयक सच्याउन निजी विद्यालय सञ्चालकहरूले सरकारलाई दबाब दिइरहेका छन्।केही दिनअघि पनि प्याब्सन, नेशनल प्याब्सन, हिसान, अपेन र एनएमएले सडकमा निजि विद्यालयका स्कुले बस निकालेर विरोध जनाएका थिए ।

कमेन्ट गर्नुहोस्