
वनस्थली ।राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आइतबार बस्दैछ ।पार्टीको कार्यवाहक सभापति डीपी अर्यालको अध्यक्षतामा बस्ने बैठकले उपनिर्वाचनको उम्मेदवार तय गर्नेछ ।बैठक दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बैठक बस्ने प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार बैठकमा रुपन्देही–३ उम्मेदवार छनोट मूल्याङ्कन, प्रवास विशेष अभियान सञ्चालन र अन्य विविध विषयमा छलफल हुनेछ ।बैठकपछि पार्टी प्रवेश कार्यक्रम र रुपन्देही–३ मा हुने उपनिर्वाचनको उम्मेदवार घोषणा कार्यक्रम पनि हुन सक्ने जनाइएको छ ।
कमेन्ट गर्नुहोस्