
तिलोत्तमा, शंकरनगर। नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले शिक्षाको गुणस्तर वृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीको समान भूमिका हुने बताएका छन्। उपप्रधान तथा अर्थमन्त्री पौडेलले प्रतिष्पर्धी जनशक्ति उत्पादनका लागि तीन पक्षको समन्वय र सहकार्य आवश्यक रहेको बताए।
‘अब्बल विद्यार्थी उत्पादन गर्नका लागि शिक्षकले राम्रो शिक्षा दिनुपर्छ, अभिभावकले त्यसको वातावरण तयार गरिदिनुपर्छ, विद्यार्थीले मन लगाएर पढ्नुपर्छ,’ तिलोत्तमा नगरपालिका वडा नम्बर-२ मा रहेको शंकरनगर दुर्गादत्त माविको भवन उद्घाटन समारोहका बीच उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने, ‘यी तीन पक्षको समन्वय र सहकार्य हुन सक्यो भने मात्रै गुणस्तरीय र अब्बल विद्यार्थी उत्पादन गर्न सकिन्छ।’उनले विद्यालयमा अभिभावकको निगरानी आवश्यक रहेको बताए। ‘आफ्ना नानी–बाबुहरूलाई विद्यालय पठाएर मात्रै अभिभावकहरूको दायित्व पूरा हुँदैन्,’ उपप्रधान तथा अर्थमन्त्री पौडेलले भने, ‘उनीहरूले कस्तो शिक्षा पाइरहेका छन्, पढाईको गुणस्तर कस्तो छ भन्ने कुराको जानकारी पनि राख्न जरूरी छ।
’उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्यार्थीलाई किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलाप र जीवन जिउने कला सिकाउनु आवश्यक रहेको बताए। ‘गुणस्तरीय शिक्षासँगै विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप र अनुशासन, चरित्र र जीवनपद्दती सिकाउनेतर्फ पनि ध्यान दिन आवश्यक छ,’ उनले भने, ‘अनुशासन, चरित्रवान र जीवनपद्दती बुझेको विद्यार्थी अहिलेको आवश्यकता हो।’उपप्रधान तथा अर्थमन्त्री पौडेलले विद्यालयले राखेका मागहरु पूरा गर्ने प्रतिवद्धता पनि जनाए। शंकरनगर दुर्गादत्त माविले ब्याचलर सम्मको अध्ययन सञ्चालन गर्नुका साथै पालिकाभरिमा यसबर्ष एस ई ई र कक्षा १२ को नतिजामा समेत अग्रणी स्थान ओगट्न सफल भएको प्राचार्य चण्डी प्रसाद पाण्डेले बताए। विद्यालयले पूर्वाधार निर्माणका मागहरु पूरा गर्दै सरकारले देखाएको उत्प्रेरणाले आफुहरुलाई थप जाँगर मिलेको समेत प्राचार्य पाण्डेले बताए।
सो सन्दर्भमा जिज्ञासा राख्दा ’तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वर देवी चौधरीले पालिकाभित्रका सबै सामुदायिक बिद्यालयलाई थप गुणस्तर बनाउन आफुहरु निरन्तरलागि परेको धारणा राखेकी थिइन् । उनले, ‘कुनै पन बालबालिका शिक्षाको उज्यालोबाट बन्चित नहुन भन्नेमा हामी चनाखो छौं, विद्यालयको भौतिक पूर्वाधार सुधार र प्रविधितर्फ पालिकाले सहयोग गर्दै आइरहेको बताईन।कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उमानाथ कंडेल, प्राचार्य चण्डी प्रसाद पाण्डे , र प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले आ आफ्ना धारणा राख्नु भएको थियो।
कमेन्ट गर्नुहोस्