लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चौरासीमा राजमुपा अग्रपंक्तिमा आउछ : अध्यक्ष केशव सुर्यवंशी

IMG

रोशन अस्लामी मगर,तिलोत्तमा । स्थानीय तहमा जनजागरण सहित सम्पन्न भएको तिलोत्तमा-१४ वडासमितिको चौथो अधिवेशनको उदघाटन-सत्रमा बोल्दै राष्ट्रिय  जनमुक्ति पार्टीका अध्यक्ष अध्यक्ष केशव सुर्यवंशीले आगामी चौरासीमा जनमुक्ति अग्रपंक्तिमा आउने जिगिर गरे । धनबलले होइन्, बिचारको बलले जन्मेको पार्टी हो तसर्थ जनमुक्ति  यस उपनिर्वाचनमा पनि सशक्त ढंङ्गबाट आउने बताए । उनले प्राप्त उपलब्धिको रक्षा गर्दै, थप उपलब्धिका लागी संघर्स र पुर्ण संघीयता, समानुपातिक र भ्रष्टाचार अन्त्य जस्ता विषयकलाई लिएर जनाता माझ जाने बताए । पार्टीको बिसम परिस्थितिमा पनि स्थानिय तहले देखाएको जोस जागर र उत्साहको अध्यक्ष सुर्यवंशिले उच्च प्रशंसा गरे । 


उपनिर्वाचना नजिकदै गर्दा स्थानिय तहलाई बलशाली र चलायमान बनाउन वडा, पालिका र नगर समितिहरुलाई निर्वाचन लक्षित कार्यक्रम र रणनिती बनाएर जानु पर्ने संघीय परिषद सदस्य अशोक पुनले बताए । कार्यक्रममा मगर महासंघका अध्यक्ष छत्र दर्लामी, लुम्बिनी प्रदेश अध्यक्ष झम गुरुङ्ग लगायत स्थानिय नेताहरुले शुभकामना मन्तव्य राखेका थिए। वडासमितिका अध्यक्ष दल बहादुर थापाको सभाध्यक्ष भएको खुला सत्रमा स्वागत मन्तव्य उपाध्यक्ष आशा रानाले गरेका थिए भने कार्यक्रम संचालन सचीव शान्ति पुनले गरेका थिए।

 

निर्वाचित समितिको नामावली 

अध्यक्षा दल बहादुर थापा, वरिष्ठ उपाध्यक्ष बिस्णु प्रसाद बुढाथोकि, उपाध्यक्ष बल बहादुर राना, महिला उपाध्यक्ष बिष्णु थापा सचिव शान्ती पुन, स-सचिव गंगा अधिकारी पुन, कोषाध्यक्ष रेशम राना, स-कोषाध्यक्ष ममता पुन, सदस्यहरु, रिता कुमारी पुन, देबी पुन, राम नरायण केवट्, महम्मद ओसिन नवाब खान्, मिना राहाडी पुन्, बिस्णु छन्त्याल र सरस्वती पुन रहेकाछन ।

कमेन्ट गर्नुहोस्