लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तामाका शिक्षक राजेन्द्र कुँवरले लेखे सुमनालाई खुल्ला पत्र

IMG

तिलोत्तमा नगरपालिकामा रहेर बिगत लामो समय देखि शैक्षिक क्षेत्रमा रहेका शिक्षक तथा बिद्यालय संचालक राजेन्द्र कुँवरले पुर्व शिक्षा मन्त्री सुमना श्रेष्ठलाई खुल्ला पत्र लेखेका छन् । उनले भनेका छन्। 


माननीय सुमना श्रेष्ठज्यू,

सदस्य, प्रतिनिधि सभा,

नेपाल सरकार। 

विषय: संस्थागत विद्यालयको वास्तविकता र तपाईँप्रति खुला दृष्टिकोण 

माननीयज्यू,

सबैभन्दा पहिले, तपाईँको जनप्रतिनिधिको रूपमा समाज र राष्ट्रका लागि गरिरहेको कामको म प्रशंसा गर्दछु। तपाईँको स्पष्ट वक्तव्य, दृढ अडान र पारदर्शी व्यक्तित्वले धेरैलाई प्रेरित गरेको छ।

तर, आज यो पत्र म केवल एक नागरिकका रूपमा होइन, एक संस्थागत विद्यालय सञ्चालकको हैसियतले लेख्दै छु।

माननीयज्यू, तपाईँ स्वयं संस्थागत विद्यालयमै पढ्नुभएको, त्यहीँको शिक्षा र वातावरणले तपाईँको व्यक्तित्व निर्माणमा भूमिका खेलेको कुरा हामी सबैलाई थाहा छ। हामीलाई गर्व छ किनकि तपाईँ जस्ता व्यक्तित्वहरू हाम्रो मेहनत र समर्पणको प्रतिफल हुनुहुन्छ।

तर, पछिल्ला दिनमा तपाईँले सार्वजनिक रूपमा व्यक्त गर्नुभएको संस्थागत विद्यालयप्रति 

१ निजी विद्यालय क्रमश  :गैरनाफामूलक बनाइने छ।

२ छात्रावाससहित पूणरुपमा १५ % छात्रवृत्ति उपलब्ध  गराउनु पर्नेछ  जस्ता निजी शैक्षिक संस्थालाई निरुत्साहित र हतोत्साहित  पार्ने काम र तपाईंको  आफूले शिक्षादीक्षा प्राप्त  गरेको संस्थाप्रतिको 

कठोर दृष्टिकोणले हामीजस्ता धेरै विद्यालय सञ्चालकहरूलाई गहिरो चोट पुर्याएको छ।

हामीलाई थाहा छ — शिक्षा सर्वसुलभ, समान र गुणस्तरीय हुनुपर्छ। यसमा हामी पनि सहमत छौँ। तर सबै संस्थागत विद्यालय नाफामुखी मात्र हुन्छन् भन्ने धारणा न्यायपूर्ण होइन। हामीमध्ये धेरैले विद्यालयलाई व्यवसाय होइन, शैक्षिक सेवाको रूपमा हेरेका छौँ।

तपाई  हाम्रा  विद्यालयलाई राष्ट्रियकरण  गर्नुस् ,तयार छौँ । हामी तपाईं जस्तो यो देशमा कृही छैन भनेर विदेश भागेका भगुवा र स्वार्थका  लागि देश फर्कने स्वार्थी मानिस होइनौं ।

हामी बिहान सबेरैदेखि राति अबेरसम्म विद्यालयको गुणस्तर, विद्यार्थीको प्रगति र शिक्षकको मनोबल उच्च राख्न खटिरहेका छौँ। कतिपयले आफ्नै घर धितो राखेर भवन बनाएका छन्, बैंकको ऋण तिर्न लडिरहेका छन्, तर पनि शुल्क न्यून राख्न बाध्य भएका छन्।

माननीयज्यू,

तपाईँजस्तो नेतृत्वकर्ताबाट हामी अपेक्षा गर्छौँ ।

सबैलाई एउटै रंगले नचित्रिनुहोस्,

सकारात्मक संवाद र समाधानको बाटो रोज्नुहोस्,

सार्वजनिक र संस्थागत दुवै विद्यालयको कमजोरी र क्षमता समानरूपमा सम्बोधन गर्नुहोस्।

हामी आलोचनाबाट भाग्दैनौँ, तर पूर्वाग्रहपूर्ण निष्कर्षको साटो समझदारी र सहकार्य चाहन्छौँ।

तपाईँले हामीलाई प्रतिद्वन्द्वी होइन, सहयात्रीका रूपमा हेर्नुहुन्छ भन्ने आशा राख्छौँ। किनकि हाम्रो लक्ष्य एउटै हो — आगामी पुस्तालाई उज्यालो भविष्य दिनु।

अन्त्यमा, तपाईँको सफल राजनीतिक यात्राका लागि शुभकामना व्यक्त गर्दछु र यो पत्रलाई एक विद्यालय सञ्चालकको मनको पीडा र आशाको स्वरूपमा ग्रहण गर्नुहुनेछ भन्ने विश्वास राख्दछु।

आउनुस् जुनसुकै ठाउँमा , जुासुकै बेला तपाईंसँग खुला बहस गर्न तयार छु । हामी यो देसमै केही गर्नुपर्छ भनेर लागेका , ६ लाख रोजगारी  सृजना गरेका अनि टोटल जिडिपिको ७% योगदान दिएका संस्था  हौँ । ३५ % बालबालिका संस्थागत विद्यालयमा अध्ययन  गर्ने कुरा पनि नबिर्सन आग्रह  गर्दै भारत र तेस्रो  मुलुकका गल्ली गल्लीमा गुणस्तरीय शिक्षाकम लागि भौतारिने बाध्यता  रोकेकोमा सम्मान गर्न सिक्नुहोस् भन्ने आग्रह गर्दै आजलाई यति ।

शुभ रात्री !

संस्थापक/सञ्चालक

राजेन्द्र  कुँवर

कमेन्ट गर्नुहोस्