
काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा आज हुने भनिएको भूमि विधेयक माथिको छलफल स्थगित भएको छ ।बिहान १० बजे भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन विधेयकको प्रतिवेदनमाथि छलफल गर्न बैठक राखिएको थियो ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेका थिए । उक्त विधेयकको मस्यौदा यसअघि नै समिति सदस्यहरूलाई वितरण गरिसकिएको छ ।
कतिपय सांसदहरूले मन्त्रालयले विधेयकको मस्यौदा तयार पारेको भनेर समेत असन्तुष्टि जनाएका थिए । यही बेला आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्य शान्ति विकले बुधबार समितिको बैठक बस्ने तयारी रहेको जानकारी दिइन् ।समितिका अर्का सदस्य अशोक कुमार चौधरीले प्राप्त मस्यौदाउपर समितिको आन्तरिक छलफल हुनै बाँकी रहेको बताए ।
कमेन्ट गर्नुहोस्