
कतार। क्षेत्री समाज नेपाल कतार शाखाले "सम्मान तथा बिदाइ" कार्यक्रम सम्पन्न गरेको छ ।वैदेशिक रोजगारीको सिलसिलामा १९९७ मा कतार आएका गुल्मी जिल्ला चन्द्रकोट गाउँपालिका ८ का द्रोण बहादुर बस्नेत क्षेत्री कतार बसाई लाई बिट मार्दै मातृंभुमी फर्कन लागेको अवसरमा बस्नेतलाई समाजले "सम्मान तथा बिदाइ गरेको" हो ।क्षेत्री समाज कतारका अध्यक्ष श्याम कुमार डाँगीको अध्यक्षता तथा बस्नेतकै प्रमुख आतिथ्यमा सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको हो । समाजले एक कार्यक्रम आयोजना गर्दै बस्नेतलाई दोसल्ला ओढाएर सम्मान पत्र सहित सम्मान गरिएको थियो ।
सम्मान पश्चात आफ्नो मन्तव्य बोल्दै बस्नेतले करिब दुई दशक भन्दा लामो कतार बसाइँलाई बिट मार्दै मातृंभुमी फर्कन लागेको बताए ।उनले समाजले दिएको माया र सम्मानको लागी समाज प्रति कृतज्ञता व्यक्त गर्दै आफू मातृंभुमीमा रहँदा संस्थागत काम र भई परि आउने समस्यामा आफू जोडिने बताए ।सभापति डागींले मन्तव्य बोल्दै प्रवास बसाइँबाट छुटकारा पाउनु एउटा सुखद पक्ष रहेता पनि बिदाइ गर्नु दु:खद पक्ष रहेको बताए ।संस्थाको हक र हितमा बस्नेतले गरेको कामको उच्च प्रशंसा गर्दै सुखद जीवनको कामना व्यक्त गरे । बस्नेत कतारमा स्थापित सामाजिक संस्था गुल्मी सेवा समाज कतारका पूर्व अध्यक्ष तथा वर्तमान संरक्षक सदस्य हुन ।
कमेन्ट गर्नुहोस्