लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

चुके गृहमन्त्री : "त्यस्तो हैन"भन्दै संशोधन गर्न उपसमिति गठन

IMG

काठमाण्डाै – बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको छ । आज बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको गृहमन्त्री रमेश लेखकले जानकारी दिनुभयो ।सामाजिक संजाल र चारैतिर बिधेयक नआउदै बिरोध हुन लाग्पछी अन्तत गृहमन्त्रीले त्यसको जवाफ दिंदै हिडेका छन् भने त्यसको लागि गालती भएकै स्वीकारेर संशोधनका लागि उपसमिति गठन गरेका छन्।  


गृहमन्त्री लेखकले कानूनमा खराब कुराहरू आउँछन् भन्ने आशङ्का नगर्न आग्रह गर्नुभएको छ । सिंहदरबारमा बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले बहुविवाहका सम्बन्धमा आएको संशोधनको व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानतसम्बन्धी व्यवस्थालगायतमा थप छलफल गरेर संशोधन परिमार्जन गर्नुपर्ने देखिएको बताउनुभयो ।बहुविवाहलाई मान्यता दिने कानून सरकारले ल्याउन लागेको भन्दै चौतर्फी विरोध हुँदै आएको छ । गृहमन्त्री लेखकले कानून मन्त्रालयसमेत रहने गरी विधेयक समितिको सचिवले समन्वय गर्ने गरेर उपसमिति बनाइएको र त्यसमा कानून मन्त्रालय, कानून आयोग र महान्यायाधिवक्ताको उपस्थितिमा संशोधन हुने बताउनुभयो ।


कमेन्ट गर्नुहोस्