
दाङ । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको अन्तर्राष्ट्रिय सस्था किवानिज क्लब अफ लुम्बिनी प्रदेशको लेफ्टिनेन्ट गभर्नर (अध्यक्ष) मा रुपन्देहीका अमनमान श्रेष्ठ चयन भएका छन ।लुम्बिनी प्रदेशको दाङमा सोमबार सम्पन्न क्लवको प्रदेश स्तरिय सम्मेलनले श्रेष्ठलाई सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरेको हो । यस्तै क्लवको लेफ्टिनेन्ट गभर्नर इलेक्ट (प्रदेश उपाध्यक्ष) मा दाङका बिमल कुमार पौडेल चयन भएका भएका छन ।
क्लवका केन्द्रिय उपाध्यक्ष रामहरि सुबेदिले अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष पौडेलको उम्मेदवारी प्रस्ताव गरेका थिए भने किवानिज क्लव रुपन्देहीका पुर्व अध्यक्ष मनोज आचार्य र क्लवका दाङ सचिव सुमित भुसालले समर्थन गरेपछि हलले दुबैजनाको उम्मेदवारीलाइ अनुमोदन गरेको थियो ।कार्यक्रममा नवनिर्वाचित अध्यक्ष श्रेष्ठ र उपाध्यक्ष पौडेलले किवानिज क्लव अफ लुम्बिनीलाई देशकै नमुना क्लवका रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन ।क्लवका लुम्बिनी प्रदेश अध्यक्ष भुपाल राउतको अध्यक्षतामा भएको सम्मेलनमा क्लवका अन्तर्राष्ट्रिय ट्रसी मोहन लम्साल, केन्द्रीय उपाध्यक्ष रामहरि सुवेदी, महासचिव शिव बहादुर काफ्ले, केन्द्रीय सल्लाहकार भरत ढुङ्गेल, केन्द्रीय सल्लाहकार तथा रुपन्देहीका पूर्व अध्यक्ष सुरज पङ्गेनी, सम्मेलन आयोजक क्ल्वका अध्यक्ष कोमल ओलिलगायतले निर्वाचित अध्यक्ष र उपाध्यक्ष लाई बधाई ज्ञापन गर्दै क्लवको मूल्य र मान्यतालाइ आत्मसाथ गर्दै क्लवका गतिबिधी अगाडि बढाउन सुझाव दिए ।
क्लवका अन्य पधाधिकारी र सदस्य प्रदेशमा रहेका विभिन्न क्ल्वबका पदाधिकारी वा सदस्यहरुबाट मनोनित गर्ने क्लवको बिधानमा ब्यवस्था रहेको क्लवका निवर्तमान अध्यक्ष भुपाल राउतले बताए ।सोही कार्यक्रममा दाङमा कोमल ओलीको अध्यक्षतामा नयाँ गठन गरिएको किवानिज क्लव अफ वेस्ट नेपालको घोषणा गरि क्लवका पधाधिकारी र सदस्यहरुको सपथ ग्रहण गराइएको थियो ।किवानिज क्लव अफ लुम्बिनी प्रदेशमा गठन भएका १७ वटा क्लव मध्ये क्वालिफाइड भएका १२ वटा क्लवको प्रदेश सम्मेलनमा सहभागिता रहेको किवानिज क्लव अफ रुपन्देहिका पूर्व अध्यक्ष दिपेश शाहीले जानाकारी दिए ।क्लवले ग्रामिण क्षेत्रमा रहेका बिद्यालयमा अध्यनरत बालबालिका तथा आर्थिक अवस्था कमजोर रहेका बालबालिकाहरुलाइ शैक्षिक सामग्री तथा आर्थिक सहयोग गर्दै आइरहेको किवानिज क्लव रुपन्देहिका उपाध्यक्ष गोबिन्द भुसालले बताए ।
कमेन्ट गर्नुहोस्