लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

पीसीएल नर्सिङको कोटा निर्धारण

IMG

काठमाण्डौ – चिकित्सा शिक्षा आयोगको २०औँ बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गरेको छ ।प्रधानमन्त्री एवम् आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा सिट निर्धारण भएको हो ।


अहिले आङ्गिक, गैरनाफामूलक (प्रतिष्ठान/साझेदारी) र निजी गरी २ सय ८५ शिक्षण संस्थालाई सिट निर्धारण गरिएको छ ।बैठकमा मेडिकल कलेजलाई पनि पिसिएल नर्सिङ कार्यक्रम सञ्चालनको अनुमति दिन कानूनी सहजीकरणका विषयमा पनि छलफल भएको थियो ।चिकित्सा शिक्षाको स्नातक तथा स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न तथा आगामी शैक्षिकसत्रका लागि शिक्षण शुल्क निर्धारण सिफारिश गर्न गठित कार्यदलको प्रतिवेदन टेबल भएको छ ।


बैठकले आयोगको आउदो आर्थिक वर्षको आन्तरिक स्रोततर्फको कार्यक्रम र बजेट स्वीकृत गरेको छ ।बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा ऐन, २०५७ लाई सामसामयिक संशोधनको गृहकार्य गर्न र आयोगलाई वास्तविक कार्यक्षेत्रमा सीमित गरी प्रभावकारी बनाउन निर्देशन दिनुभयो । 

कमेन्ट गर्नुहोस्