लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

इजरायली आक्रमणमा परी गाजामा थप ९३ जनाको ज्यान गयो

IMG

गाजा। इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा गाजामा कम्तीमा ९३ जना प्यालेस्टिनी नागरिकको ज्यान गएको छ ।ज्यान गुमाउनेमध्ये ३० जना खाना सहायताको लागि पर्खिरहेका मानिस रहेको अल जजिरालले जनाएको छ । लगातारको आक्रमणका कारण मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।यसैबीच, इजरायलले सिरियाको राजधानी दमास्कससहित विभिन्न क्षेत्रहरूमा आक्रमण गरेको छ । सिरियाली सरकारी सञ्चार माध्यमका अनुसार रक्षा मन्त्रालय र राष्ट्रपति भवन नजिकैका क्षेत्रमा आक्रमण हुँदा कम्तीमा तीन जनाको ज्यान गएको छ भने कयौं मानिस घाइते भएका छन् ।


सिरियाको परराष्ट्र मन्त्रालयले दमास्कस र स्वुएदामा भएको आक्रमणको कडा निन्दा गर्दै यसलाई देशमा तनाव र अराजकता सिर्जना गर्ने इजरायल प्रयास रहेको बताएको छ ।गाजा युद्धका कारण अहिलेसम्म करिब ६० हजारको ज्यान गईसकेको छ भने १ लाख ४० हजार मानिस घाइते भएका गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।इजरायली आक्रमणहरू गाजा र क्षेत्रीय देशहरूमा झनै चर्किँदै गएका छन् जसले मध्यपूर्वमा थप तनाव उत्पन्न भइरहेको छ । 

कमेन्ट गर्नुहोस्