लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

गैरआवासीय नेपाली संघ (NRNA) हंगेरीको दोस्रो महाधिवेशन सम्पन्न,नयाँ कार्यसमिति चयन

IMG

बुडापेस्ट, जुलाई १३, २०२५ / युरोपको सुन्दर देश हंगेरीमा गैरआवासीय नेपाली संघ (NRNA) हंगेरीको दोस्रो महाधिवेशन ऐतिहासिक रूपले बुडापेस्टमा सम्पन्न भएको छ। महाधिवेशनले आगामी कार्यकाल २०२५-२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट चयन गरेको छ।


महाधिवेशनमा प्रमुख अतिथि आइसीसी सचिव भीम कमल केसी र  विशिष्ट अतिथिमा आइसीसी सदस्य प्रदीप घिमिरे रहनुभएको थियो। कार्यक्रममा हंगेरीस्थित नेपाली समुदायको उल्लेखनीय उपस्थिति देखिएको थियो। प्रमुख अतिथि आइसीसी सचिव केसीले आप्रवासी नेपालीहरूको हकहित, संस्कृति संरक्षण र नेपाल–हंगेरी सम्बन्ध सुदृढ गर्न एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।


महाधिबेशनले नयाँकार्यसमिति निर्विरोध निर्वाचित गरेको छ। जसको अध्यक्षमा निर्वाचित नारायण प्रसाद भण्डारीले यस कार्यकाल गैर आवासीयहरुको लागि फलदायी हुने र अझ सफल बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।कार्यक्रममा झण्डै १ सय जना सहभागी भएका थिए। साथै कार्यक्रममा मनोरन्जनका लागि स्थानीय कलाकार आकाश धैजु को “जसो गर जे गर जतासुकै लैजाउ मलाई…” गीतले माहोल झनै रमाइलो बनाएको थियो।निर्वाचनमा करिब ९०% मतदाताको सहभागिता रहेको थियो। कार्यक्रम नवनिर्वाचित सचिव राजन प्रसाद तिमल्सिनाको सञ्चालनमा सम्पन्न भएको थियो।कार्यक्रमले हंगेरीस्थित नेपाली समुदायमा उत्साह र नयाँ ऊर्जा थपेको सहभागीहरूको प्रतिक्रिया थियो।


भण्डारीको नेतृत्वमा नयाँकार्यसमिति (२०२५–२०२७)

अध्यक्ष — श्री नारायण प्रसाद भण्डारी (निर्विरोध)

वरिष्ठ उपाध्यक्ष — डा. राम रोक्का (निर्विरोध)

उपाध्यक्ष — श्री अशोक लकान्द्री (निर्विरोध)

महासचिव — श्री सञ्जय कार्की (निर्विरोध)

सचिव — श्री राजन प्रसाद तिमल्सिना (निर्वाचित)

कोषाध्यक्ष — श्री लीलाधर भण्डारी (बिनोद) (निर्वाचित)

सह–कोषाध्यक्ष — श्री जीवन कामी (निर्विरोध)

महिला संयोजक — श्री सुनिता बस्नेत रोक्का (निर्विरोध)

युवा संयोजक — श्री विनोद बाबु कडायत (निर्वाचित)

सदस्यहरू:

श्री हिरा दमाई (निर्वाचित)

श्री बाल मुकुन्द भण्डारी (निर्वाचित)

श्री बिरेन्द्र थापा (निर्वाचित)

श्री विकास बज्राचार्य (निर्वाचित)

विद्यार्थी प्रतिनिधि — श्री सनम शेर्पा (निर्वाचित)

कमेन्ट गर्नुहोस्