
काठमाण्डाै – काठमाण्डौको तीनकुने घटनामा जिल्ला अदालतले थुनामा राख्न आदेश दिएका ७ जनालाई आज डिल्लीबजार कारागार चलान गरिएको छ ।दुर्गा प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई कारागार लगिएको हो । काठमाण्डौ जिल्ला अदालतले गएराति ७ जनालाई थुनामा राख्न र अरू ३२ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो ।गएको चैत १५ गते प्रसाईंको नेतृत्वमा तीनकुनेमा हिंसात्मक प्रदर्शन हुँदा दुई जनाको ज्यान गएको थियो । यस्तै निजी घर, सरकारी गाडीसँगै जडीबुटी प्रशोधन केन्द्रमा आगजनी भएको थियो ।
माधव नेपालकाे सांसद पद निलम्बन
सभामुख देवराज घिमिरेले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधव नेपालकाे सांसद पद निलम्बन भएकाेबारे सदनलाई जानकारी गराउनुभएकाे छ ।आजकाे प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले अध्यक्ष नेपालकाे सांसद पद निलम्बन भएकाे सूचना पढेर सुनाउनुभएकाे हाे ।पतञ्जलीकाे जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले माधव नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकाे छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ र भ्रष्टाचार निवारण ऐन २०५९ मा सार्वजनिक पदमा भएको व्यक्तिविरुद्ध मुद्दा दर्ता भए स्वतः निलम्बन हुने प्रावधान रहेको छ ।
कमेन्ट गर्नुहोस्