लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

भारतको अहमदाबादमा लन्डन हिडेका २ सय ४२ यात्री बोकेको एयर इंडियाको बिमान दुर्घटनाग्रस्त

IMG

मेघाणीनगर इलाका। भारतको अहमदाबादमा एयर इंडियाको एक यात्री विमान दुर्घटनाग्रस्त भएको छ। अहमदाबाद ज़ोन-4 का डीसीपी कानन देसाईले पुस्टी गरे अनुसार बिमान स्थलबाट उडेको ५ मिनटमा विमान दुर्घटना भएको हो । अहिले दुर्घटना स्थलफायर ब्रिगेडको गाड़ि पुगेको छ। विमानस्थल नजिक धुँवा उडेको देखेपछि घटनास्थलमा टिम पुगेको हो। 


अहमदाबाद प्लेन क्रैशइमेज स्रोत,उग्च का अनुसार अहमदाबादका प्रहरी आयुक्त जीएस मलिकले समाचार एजेंसी पीटीआईलाइ बताए अनुसार "हवाई अड्डा नजिक मेघाणीनगर इलाकामा एक विमान दुर्घटनाग्रस्त भएको अग्निशमन अधिकारी जयेश खड़ियाले बताए।"विमान दुर्घटनाग्रस्तभएपछी आगलागी भएकोले तुरुन्त दमकल विभागका गाड़ि गएको अधिकारीहरु बताउछन।एयर इंडियाका अनुसार आफ्नो एक्स एकाउट्मा पोस्ट गरेअनुसार "अहमदाबाद-लन्डन गेटविक उड़ान भर्ने फ्लाइट संख्या एआई 171 आज, 12 जून 2025 मा दुर्घटनाग्रस्त भएको छ। भनेर लेखिएको छ। 


कति यात्रु थिए ?

चीफ़ ऑफ़ डायरेक्टोरेट ऑफ़ सिविल एवियेशन (डीजी) फ़ैज़ किदवईका अनुसार "बी787 ड्रीमलाइनर एयरक्राफ़्ट बिमान अहमदाबादबाट लन्डन जाने क्रममा गैटविक एयरपोर्ट नजिक रिहायशी इलाकामा दुर्घटनाग्रस्त भएको छ। दिउसो १ बजेर ३८ मिनट जाँदा उडान भरेको बिमान टेक अफ गरेको ५ मिनटमा दुर्घटना भएको हो। विमानमा मेन पायलट सुमित सभरवाल रहेका थिए भने को-पायलट क्लाइव कुंदर रहेका थिए। सो विमानमा  २ सय ३० जना  एडल्ट, २ जना बच्चा र १० जना विमानका टिम सहभागी थिए। 


कमेन्ट गर्नुहोस्