लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

तिलोत्तमाको दुर्गा मन्दिरमा धार्मिक हाजिरीजवाफ प्रतियोगिता हुने

IMG

तिलोत्तमा १० नम्बर। रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका वार्ड नम्बर-६ को सहजीकरणमा सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयस्तरिय धार्मिक हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ ।


बिद्यालय स्तरका विद्यार्थीहरुमा समेत मौलिक सनातन धर्मप्रति जागरुक र अभिप्रेरित बनाउने धार्मिक ज्ञान र संस्कृतिक चेतना गराउने उदेश्यले तिलोत्तमा नगरपालिका वडा नम्बर-६ को बजेट व्यवस्थापन तथा शान्ति दुर्गा मन्दिरको आयोजनामा यहि जेष्ठ २३ गते दुर्गा मन्दिर १० नम्बरको सभाहलमा हुन लागेको धार्मिक हाजिरीजवाफ प्रतियोगितामा सहभागी हुन सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई पत्राचार गरिसकिएको कार्यक्रम संयोजक शोभाखर भण्डारीले बताए। 


संस्कृत पढाई हुने बिद्यालय बाहेकका माध्यामिक स्तरका (कक्षा ८ लाई पनि समाबेश गरि ) विद्यालयको सहभागिता रहने सो प्रतियोगिताको सबै तयारी पुरा भएको पाठकले बताए। प्रतियोगितामा एक छात्रा सहित ३ जना सहभागी हुनु पर्ने दुर्गा मन्दिरका दिवाकर ढकालले बताए। प्रतियोगितामा प्रथम दित्तीय र तृतीय हुने विद्यालयलाई नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने आयोजकका तर्फबाट सागर पाठकले बताए। 

कमेन्ट गर्नुहोस्