
उद्धव देवकोटा तिलोत्तमा। तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको आठौँ शृङ्खला तथा नव वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रम तिलोत्तमा नगरपालिका वार्ड न १ ड्राइभरटोलमा अवस्थित सहिद गङ्गालाल पुस्तकालयमा सम्पन्न भएको छ।
तिलोत्तमालाई साहित्यिक जागरणको उर्वर भूमिको रूपमा विकशित गर्न यस्ता शृङ्खलाहरूले महत्वपूर्ण भूमिका खेल्ने कुरा पुस्तकालय सञ्चालक समितिका सदस्य लक्ष्मण ज्ञवालीले बताउनु भयो। डा. मुरारी पराजुलीले वाचन गरिएका रचनाहरूको समिक्षा गर्दै साहित्य सङ्गमको महत्त्वमा प्रकाश पार्नुभएको थियो भने संस्थाका साहित्य तर्फका उपाध्यक्ष कविराज पौडेलले कार्यक्रमको बारेमा जानकारी गराएउनुभएको थियो।
कार्यक्रमको अध्यक्षता तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलीले गर्नुभयो भने प्रमुख अतिथिको रुपमा तिलोत्तमा नगरपालिका वार्ड न १ कि वार्ड सदस्य गीतादेवी न्यौपाने रहनुभयो। संस्थाका सचिव लिलाधर पाण्डेले सञ्चालन गर्नुभएको यो कार्यक्रममा कार्यक्रममा लक्ष्मण ज्ञवाली, गुरुदत्त ज्ञवाली, तेजप्रसाद पाण्डे, रामप्रसाद बश्याल, कविराज पौडेल, हुमराज भुसाल, लक्ष्मण ज्ञवाली, अंकित गिरी, मित्र गौतम, लीलाधर प्रतीक, मोहन मरासिनी, सिजरिका जिसी, डी. आर. न्यौपाने, सागर केसि, ढालानन्द चालिसे लगाएत करिब दर्जनौं स्रष्टाहरूले आफ्ना रचना वाचन गर्नुभयो।
प्रतिष्ठानका अध्यक्ष डा. पराजुलीले तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार नियमित रूपमा हुने र यसले साहित्यको उत्थान गरी निर्दिष्ट लक्ष्य हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले कार्यक्रमको सफलतामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। आठौं शृङ्खलाको सफलताले भावी कार्यक्रमहरू अझै बृहत र प्रभावकारी हुने आशा गरिएको छ।
कमेन्ट गर्नुहोस्