
तिलोत्तमा।रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर-६ ले आयोजना गरेको ७ दिने अचार बनाउने तालिम आज सम्पन्न भएको छ । तिलोत्तमा नगरपालिकाको वडा नम्बर-६ ले सिप विकास तालिम अन्तर्गत उधमशिलता तालिम प्राप्त महिलाहरुका लागि आयोजना गरेको ७ दिने अचार बनाउने तालिमको आज एक कार्यक्रमका बिच समापन गरिएको हो ।
समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिकावडा नम्बर-६ का अध्यक्ष गणेश पाठकले सिकेको सिपलाई सहि ठाउमा सदुपयोग गर्न तालिमका सहभागीहरुलाई आग्रह गरे । अब हरेक महिलाहरुले ब्यबसायिक बन्नुपर्ने भन्दै उनले गाउँघरमा उत्पादित बस्तुहरुको ब्यबस्थापन र बजारीकरणका लागि नगरपालिका र वडाले सक्दो प्रयास गर्ने बताए । ‘ तपाईहरु उत्पादन गर्नुहोस् , त्यसको बजार ब्यबस्थापन गर्ने जिम्मा वडाको भयो ’ उनले भने – ‘आफुले सिकेको सिपको सहि तरिकाले सदुपयोग गर्दै समुहमा मिलेर सानो लगानीबाट ठुलो उत्पादन गरि घरमै बसेर मनग्य आम्दानी गर्नुहोस्।"
उनले वडाले वडाभित्र रहेका युवायुवती , महिलापुरुष सबैलाई बर्षेनी बिभिन्न खालका सिपमुलक तालिमहरु दिनुको उदेश्य आफ्नै गाउँघरमा बसेर केहि न केहि गरी आत्मनिर्भर बनुन भन्ने रहेको बताए । २५ गतेदेखी सुरु भएको तालिममा वडा नं ६ का गरी करिब ७५ जना महिलाहरुको सहभागिता रहेको थियो ।
तालिमबारे बोल्दै प्रशिक्षार्थी सबिता न्यौपाने धिताल, मिना काउचा, निर्मला तिवारी,निमकला लुइँटेलआदिले बोल्दै तालिम निकै प्रभाबकारी भएको बताएका थिए। तालिमको सहजिकरण भगवती बस्याल भट्टराईले गर्नुभएको थियो । वडा अध्यक्ष पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडासदस्य पूर्ण प्रसाद आचार्य संजय ,सिता खनाल लगायतले बोल्दै सिप सिकेर त्यसको सदुपयोग गर्नुपर्ने बताएका थिए।कार्यक्रममा सुन्दर टोल बिकास समितिका अध्यक्ष देवी प्रसाद न्यौपाने, सुन्दर नमुना आमा समूहका अध्यक्ष पार्वती क्षेत्री, कुञ्ज आमासमूहका अध्यक्ष उमिसरा दर्लामी लगायतको उपस्थिति रहेको सो कार्यक्रमको संञ्चालन वडा सचिव कृष्ण बहादुर क्षेत्रीले गर्नुभएको थियो ।
कमेन्ट गर्नुहोस्