
तिलोत्तमा। नेकपा एमालेले भोली २९ गते बुटवलमा आमसभा आयोजना गरेको छ । एमालेले आयोजना गरेको उक्त आमसभामा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।एमाले प्रचार विभाग रुपन्देहीले बिहीबार पार्टी कार्यालय बुटवलमा पत्रकार सम्मेलन गरी आमसभाबारे जानकारी गराएको छ ।
बुटवल मण्डपमा आयोजना गरिने उक्त आसभामा ५० हजार जनाको सहभागिता गराउने गरी तयारी भएको एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले जानकारी गराइन ।एमाले रुपन्देहीको आयोजनामा हुने उक्त आमसभाका लागि रुपन्देहीका १६ वटै पालिकाका गाउं कमिटी, वडा कमिटी, जनसंगठनको बैठक गरी ५० हजार मानिसलाई सडकमा उतार्ने निर्णय भएको पत्रकार सम्मेलनमा इन्चार्ज अर्यालले बताइन ।आमसभा हुनु अघि बुटवलबाट भैरहवासम्म मोटरसाईकल र्याली निकाल्ने र उक्त मोटरसाईकल र्यालीमा ५ हजार मोटरसाईकल र साना ५ सय गाडी प्रयोग गरिने बताईएको छ ।लोकतन्त्र, गणतन्त्र बिरुद्ध भैरहेका गतिविधीलाई रोक्न र एमाले समर्थकलाई सचेत बनाउने गरी आमसभाको आयोजना गरिएको एमाले लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन ।
लोकतान्त्रिक गणतन्त्र सुदृढ बनाउनका लागि देशभर आमसभाहरु आयोजना गरिएको बताउंदै इन्चार्ज अर्यालले भनिन्– कानुन पालन नगर्ने र व्यवस्थाविरुद्व गतिविधिमा लागेर गल्ती गरेकालाई कारवाही गरिन्छ भनिन् ।नेकपा एमाले रुपन्देही अध्यक्ष यज्ञ गैरेले सामाजिक सञ्जालबाट नागरिकमा नकारात्मक भ्रम फैलाउने र लोकतन्त्र, गाणतन्त्रविरुद्व भ्रम सिर्जना गर्नेबिरुद्व आमसभाले खबरदारी गर्ने बताए ।एमाले रुपन्देही प्रचार विभाग प्रमुख मिनप्रसाद पौडेलको अध्यक्षता र पत्रकार विभाग सचिव पत्रकार प्रदीप आचार्यको सञ्चालनमा कार्यक्रम भएको थियो ।आमसभामा पार्टी अध्यक्ष केप ओलीसहित अर्थमन्त्री विष्णुप्रसाद पौडेल, लुमिबनी प्रदेशका मुख्यमनत्री चेतनारायाण आचार्य, लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्याललगायतका नेताहरु बोल्ने कार्यक्रम रहेको एमाले रुपन्देहीले बताएको छ ।
कमेन्ट गर्नुहोस्