
देवदह । प्रतिनिधिसभा सदस्य र पूर्व कृषि मन्त्री छबिलाल विश्वकर्माले देवदहमा चैत २१ गतेदेखि सञ्चालनमा आएको श्रीमद्भागवत महापुराण तथा मङ्गलपुस्करिणी दह महोत्सवको अवलोकन गरेका छन्। देवदह–९ मा भइरहेको महोत्सवमा पुगेर सांसद विश्वकर्माले देवदहलाई देवभूमि र बुद्धकालीन महत्वपूर्ण स्थलहरू रहेको क्षेत्रको रूपमा चिनाउन आवश्यक रहेको बताए।
महोत्सवले देवदहको प्रचारप्रसारमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै उनले स्थानीय तहसँग सहकार्यमा क्षेत्रको समग्र विकास अघि बढाइरहेको बताए। सुचिकृत पर्यटकीय क्षेत्र बनाउने पहल भइरहेको उल्लेख गर्दै उनले केन्द्र, प्रदेश, स्थानीय सरकार र वडा सबै मिलेर अझ परिस्कृत बनाउनुपर्ने धारणा राखेका छन्।सोही अवसरमा बोल्दै नगरप्रमुख ध्रुव प्रसाद खरेलले देवदहलाई पर्यटकीय हबको रूपमा विकास गर्न कार्ययोजना बनाइएको बताएका छन्।
बुद्ध सर्किटभित्रका पालिकाहरूको विकास र प्रवर्द्धनमा अहोरात्र लागिरहेको उनको भनाइ छ।अवलोकनमा प्रदेशसभा सदस्य जानकी न्यौपाने, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, पूर्व प्रदेशसभा सदस्य डा. कृष्ण न्यौपाने, वडा अध्यक्ष एक बहादुर सुनार र विभिन्न संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।दह संरक्षण, छाडा चौपाया व्यवस्थापन र सन्दीप आधारभूत विद्यालयका लागि अक्षयकोष स्थापनाको उद्देश्यसहित सुरु गरिएको महोत्सव चैत २८ गतेसम्म सञ्चालन हुनेछ ।
कमेन्ट गर्नुहोस्