
तिलोत्तमा। राष्टिय युवा संघ नेपाल जिल्ला कमिटी रुपन्देहीको प्रथम पुर्णबैठक सम्पन्न भएको छ। जिल्ला कमिटी रुपन्देहीका अध्यक्ष कृष्ण कुमालको अध्यक्षता तथा राष्टिय युवा संघ नेपाल केन्दिय कमिटी महासचिव सुमन पुरीको प्रमुख आत्थित्यतामा सम्पन्न बैठकले यहि चैत्र २९ गते जागरण सभालाइ सम्बोधन गर्न आउनुहुने नेपाल सरकारका प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई स्वागत तथा युवा परिचालन गर्ने निर्णय गरेको छ।
सोहि दिन युवाहरुलाई परिचालन गरी स्वागत बाइक -र्याली समेत गर्ने युवा संघले निर्णय गरेको छ। यसअघी प्रधानमन्त्रीको रुपन्देही आउने कार्यक्रम भएपनी अस्वस्थताका कारण आउनुभएको थिएन। यसपाली प्रधानमन्त्री आउने भएपछी युवा संघमा अर्को उर्जा मिलेको युवा संघका जिल्ला अध्यक्ष कुमालले बताउनुभयो। कुमालका अनुसार युवा परिचालन गरेर कार्यक्रमलाई भव्य तथा सभ्य बनाउन तयारी तिब्र पारिएको बताउनुभएको छ।
साथै युवा संघले ५ हजारको संख्यामा मोटरसाइकल -र्याली सहित स्वागत गर्दै कार्यक्रम स्थलमा प्रबेश गराउने युवा संघका नेता दिपेश कंडेलले बताउनुभयो। आज सम्पन्न पूर्ण बैठकमा सो कार्यक्रमलाई लक्षित गर्दै विभिन्न निर्णय सहित अन्य युवापंक्ती सर्कुलरका बिभिन्न एजेन्डामा छलफल गरेर निर्णय गरिएको कंडेलले जानकारी दिनुभयो। राष्टिय युवा संघ नेपालका निवर्तमान अध्यक्ष दिपक खड्गीद्वारा नव निर्वाचित पदाधिकारिलाई मायाको चिनो स्वरुप डायरी हस्तान्तरण गरिएको थियो।
कार्यक्रमका सन्दर्भमा रास्ट्रिय युवा संघ नेपाल सचिवालय सदस्य केशब रोक्का,स्थायी कमिटी सदस्यद्बय किरण नेपाल,दिननाथ भट्टराई,केन्द्रिय कमिटी सदस्य श्रद्धा कुंबर, लुम्बिनि प्रदेश कमिटी अध्यक्ष सुरज खरेल,केन्दिय लेखा आयोजक सदस्य ईस्वर न्यौपाने, नेकपा एमाले जिल्ला अध्यक्ष कमरेड यज्ञ गैरे, जिल्ला सचिवालय सदस्य रिसिराम पाण्डे,राजेन्द्र ढकाल,नकुल शाही,नेकपा एमाले जिल्ला कमिटी सदस्य कृष्ण मल्ल ठकुरी,चक्रपाणी तिवारी,लुम्बिनी प्रदेश कमिटी सदस्य शंकर लागयात्को उपस्थिति रहेको थियो।
कमेन्ट गर्नुहोस्