
बुटवल। चर्चित कवि नवराज पराजुलीको विशेष कविता कन्सर्ट बुटवलमा आयोजना हुने भएको छ । आफ्नो कवितामा दर्शक स्रोतालाई मन्त्र मुग्ध पार्न सफल कवि पराजुलीले आफ्नो दर्जनौ प्रस्तुति दिने भएका छन्।" बुटवलमा भेटौला" भन्दै कला, साहित्य, र संगीत प्रेमीहरूलाई लक्षित गरी ड्रिम हाइ नेपाल द्वारा आयोजित कविता कन्सर्ट कार्यक्रम क्लोथ एन्ड फुड बैंक नेपालको सहकार्यमा आयोजना हुन लागेको छ ।पराजुलीको एकल कविता कन्सर्ट आगामी चैत्र १६ गते शनिवार बुटवल कालिकानगर स्थित क्लब डेनोभोमा दिउँसो ३:०० बजे बाट सुरु हुनेछ ।
कार्यक्रममा नवराज पराजुलीले आफ्ना चर्चित कविता वाचन गर्नुका साथै यो पटक बुटवल कन्सर्टमा नया कविता पस्कने प्रतिबद्दता समेत गर्नु भएको छ ।कार्यक्रम टिकट शो हुने र कार्यक्रमबाट संकलित रकमबाट केहि रकम बुटवलस्थित दृस्टीबिहिनलाइ सहयोग समेत गरिने कुरा आयोजकले जानकारी दिनु भएको छ । साहित्यप्रेमीहरूका लागि यो कार्यक्रम निकै फरक अनुभुति दिने र प्रेरणादायी हुने अपेक्षा गरिएको आयोजकले बताएको छ । कार्यक्रमका लागि इच्छुक व्यक्ति तथा सस्थाहरूलेआयोजकलाई सम्पर्क गरि टिकट खरिद सगै कार्यक्रमका लागि प्रायोजन एवं सहयोग समेत गर्न आयोजकका तर्फबाट अविष्कार खनालले आग्रह गरेका छन्।
कमेन्ट गर्नुहोस्