
तिलोत्तमा।तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा सम्पन्न सातौँ तिलोत्तमा साहित्य सङ्गम उत्साहजनक रूपमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष डा. मुरारी पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा तिलोत्तमा क्षेत्रका ख्यातिप्राप्त तथा नवोदित साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रम संस्थाका महासचिव तथा साहित्यकार लिलाधर पाण्डेले सञ्चालन गर्नुभएको थियो । सहभागी अतिथिहरूले साहित्यको उर्वर भूमि तिलोत्तमामा साहित्यलाई जीवन्त राख्न र नव सर्जकहरूलाई उत्प्रेरणा दिन यो कार्यक्रम अत्यन्त महत्त्वपूर्ण रहेको धारणा राख्नुभएको थियो ।डा. मुरारी पराजुलीले वाचन गरिएका रचनाहरूको समिक्षा गर्दै साहित्य सङ्गमको महत्त्वमा प्रकाश पार्नुभएको थियो भने संस्थाका साहित्य तर्फका उपाध्यक्ष कविराज पौडेलले कार्यक्रमको बारेमा जानकारी गराएउनुभएको थियो।
कार्यक्रममा लक्ष्मण ज्ञवाली, उद्धव देवकोटा, रमेश समर्थन, तेज प्रसाद पाण्डे, नारायण भण्डारी, माधव बाग्ले, थम गुरुङ, खगेन्द्र बस्याल, चन्दा गुरुङ, सीता काफ्ले, राम प्रसाद बस्याल, तिलक लामिछाने, स्थानेश्वर बस्याल र गंगाधर आचार्य लगायतका साहित्यकारहरूले आ–आफ्ना मौलिक रचनाहरू वाचन गर्नुभएको थियो।
प्रतिष्ठानका अध्यक्ष डा. पराजुलीले तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिबार नियमित रूपमा हुने र यसले साहित्यको उत्थान गरी निर्दिष्ट लक्ष्य हासिल गर्नेमा आफू विश्वस्त रहेको बताउनुभयो। उहाँले कार्यक्रमको सफलतामा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो। सातौँ शृङ्खलाको सफलताले भावी कार्यक्रमहरू अझै बृहत र प्रभावकारी हुने आशा गरिएको छ।
कमेन्ट गर्नुहोस्