लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

शून्य भेदभाव दिवस : मानव समुदायलाई सोच्न बाध्य

IMG

आखिर के हो त भेदभाव ?

के तपाईँ भेदभाव गर्नुहुन्छ ? भेदभाव प्राय: गलत सूचना वा अज्ञानताको डरमा आधारित हुन्छ। भेदभाव परापुर्वकाल देखि हाम्रो समाजमा जरा गाडेर फैलिएको यस्तो विष हो जसले भगवानको यो सुन्दर संसारमा एक अर्कालाई समान देख्न सक्दैन। कहिले जातीय, कहिले लिङ्ग, कहिले आर्थिक अवस्था,कहिले रङ्ग र कहिलेकाही केही नया परिस्थितिले सिर्जना गर्ने भेदभाव सायद हामीले आफ्नो समाज नियाल्दा देख्ने पहिलो कमजोरी हो। यदि हाम्रो समाज कुनै पनि किसिमको भेदभावबाट मुक्त हुन सकेन भने हामीले कहिले पनि स्थायी विकास लक्ष्यहरू हासिल गर्न सक्दैनौ।


"To protect everyone's health, protect everyone's rights"सन् २०२५ को शून्य भेदभाव दिवसको नारा चाँही सबैको स्वास्थ र अधिकारको रक्षा गर्ने भन्ने रहेको छ । UNAIDS ले मुख्य जनसंख्या र एचआईभी संग बाँचिरहेका मानिसहरूको अपराधिकरणले कसरी जीवन बचाउँछ र एड्स महामारीको अन्त्यलाई अगाडि बढाउन मद्दत गर्छ भनेर यस वर्ष प्रकाश पार्दैछ।


शून्य भेदभाव दिवसको पृष्ठभूमि

थुप्रै शिक्षा हासिल गर्‍यौ हामीले, अहिले २१ औ शताब्दीमा छौ हामी, मानव समुदायले यतिको समय बिताएर आइसक्दा पनि हाम्रो बौद्धिकता अझै हाम्रो समाजमा भएको भेदभावले दर्साउँदछ। प्राय अरू सामाजिक मुद्दा जस्तो भेदभाव अशिक्षासँग मात्र सम्बन्धित छैन, किनकि हाम्रै समाजमा पनि नियालेर हेर्ने हो भने शिक्षित र अशिक्षित बिचमै भेदभाव बुझ्न सकिन्छ। यो विडम्बनाको विषयलाई विश्वभरिका मानव समुदायको अगाडी प्रश्न बनाएर प्रस्तुत गर्न हरेक वर्षको मार्च १ गते संयुक्त राष्ट्र सङ्घले शून्य भेदभाव दिवस मनाउने गर्दछ। यो UNAIDS को विशेष पहलमा मनाउन सुरु गरिएको दिवस हो।


UNAIDS मुलत एचआइभी पीडितको सहयोगमा केन्द्रित संस्था हो। एचआइभी पीडितसँग सम्बन्धित कडा भेदभाव संसारको लगभग हरेक भागमा अवस्थित भएकाले आजको दिन ती पीडितलाई पनि कसैले भेदभावको नजरले नहेरुन् भन्ने उद्देश्यको साथ UNAIDS को पहलमा शून्य भेदभाव दिवस २०१४ देखि मनाउन सुरु गरिएको हो। तर आजको दिनले मुलत एचआइभी पीडितसँग मात्र हैन, समाजमा चलिरहेका अन्य किसिमका भेदभावबारे पनि मानव समुदायलाई सोच्न बाध्य बनाउछ।


हामी सबै समान छौ, यो संसारमा मानव मात्र नभई यहाँ बस्ने सबै सजीव निर्जीव बस्तुको उत्तिकै अधिकार रहेको कुरा आजको मानव समुदायलाई बुझाउन खोज्नु जस्तो लज्जित कुरा केही छैन। एकचोटी मनमा हात राखेर मनन गरौँ, के हामीले शून्य भेदभाव गरेका छौ ? या गर्न सक्छौ ?आजको यो दिनको अवसरमा सबैलाई आत्म मनन गर्न शुभकामना।

कमेन्ट गर्नुहोस्