
रुपन्देहि बासी सम्पुर्ण सामाजिक न्याय प्रेमी व्याक्तित्वहरुलाई अनुपम यात्रामा सामेल हुन हार्दिक अनुरोध गर्दछौ । अनुपम यात्रा अन्तरविविधता सहितका महिलाहरु, अपांगता भएका व्याक्तिहरु र अल्पसंख्यक समुदाय, सिमान्तकृत समुदाय, विभिन्न बाहानामा पछाडि पारिएको समुदायलाई समाजका विभिन्न ईकाईहरुमा अर्थपुर्ण सहभागिता स्थापित गर्न सञ्चालन गरिएको स्वयं सेवी अभियान हो । अनुपम यात्रा समानताका लागि, सहिष्णुताका लागि, सम्मानका लागि, अर्थपुर्ण सहभागिताका लागि देशव्यापी रुपमा सञ्चालन भएको छ ।
अनुपम यात्रा शान्ति पुर्वक सञ्चालन गरिने राजनितिक भ्रष्टता र संविधानले महिलाहरुको लागि दिएको ३३ % हिस्सा पनि खोस्ने पितृसत्तात्मक राजनितिको धिन लाग्दो खेल "गठबन्धन" विरुद्ध अभियान हो ।प्रत्येक राजनितिक दलहरुले आफ्ना पार्टिहरुमा सक्रिय क्षमतावान महिलाहरुलाई आज सम्म दिएको धोका विरुद्ध अभियान हो ।
अनुपम अभियान सामाजिक राजनिति हो जसले पार्टिगत राजनितिलाई अब सुध्रिनु भनि खबरदारी गरेको छ र गर्ने छ ।
अनुपम यात्रा सबैको हो । दुरदराजमा सिमान्तकृत हुनुको बाध्यता बोकेका र केन्द्रमा भएर पनि सिमान्तकृत भएका, पहाड होस वा तराई घर परिवार सम्हालेर बसेका, घर परिवार; पेशा; सन्तान; अभिबावकहरुको स्याहार सुसारको दोहोरो तेहोरो भुमिका सम्हालेका महिलाहरु, समाजिक आत्मियता कायम राख्न; समाजको कुनामा आमाहरुको अस्तित्व कायम राख्न निर्माण भएका आमा समुह; छोरी समुह; दिदि बैनि समुह; बुहारी समुह मा आवद्ध महिलाहरु, बर्षौ देखि राजनितिको पात्र बनेर अदृश्य बन्न बाध्य राजनितिक पहिचान बोकेका महिला, सुचना र सञ्चारमा महिला र सिमान्तकृतका आवाज बोल्ने पत्रकार महिला; शिक्षक; मनोरञ्जन क्षेत्रमा श्रम गर्ने; व्यवसायी तथा समाजिक अभियानमा सक्रिय, सबै जाति, सबै धर्म, सबै समुदाय, सबै उमेरका विविध पहिचान भएका महिलाहरुको समान अस्तित्वको बुलन्द आवाज राख्ने जागरण अभियान हो , अनुपम अभियान ।
आधा जनसंख्या ओगटेका महिलाहरुको निर्णय र छनोटले समाज र राजनितिमा ठुलो अर्थ लाग्छ । तेसैले हामी हाम्रो आखा र आत्मबाट पितृसत्ताको विभेद पुर्ण पर्दा मिल्काएर, महिलाहरुको नेतृत्वमा राजनिति सञ्चालन गर्न घर घर बाट जुटौ टोलटोल बाट जुटौ ।दिनहु हुने बलात्कार, यौन दुर्व्यवहार, अनैतिक व्यवहार, लैंगिक हिंसा, दाईजो प्रथा, बालविवाह, सामाजिक; साँस्कृतिक; आर्थिक; राजनितिक हिंसा जसबाट सबैभन्दा बढी प्रभावित किशोरी र महिला छौ । यस्ता यस्ता घटनाहरु छन् समाजमा जसलाई न्याय ले पनि न्याय दिन सक्दैन । दण्डहिनताले पराकाष्ठ नागेर अपराधिक र नकारात्मक सोचले व्याक्तिहरु ग्रसित हुदै गएको समाजलाई उद्दार गर्न र समाजलाई सबै नागरिकका लागि शान्त र सौहार्द बनाउन महिलाहरुको नेतृत्व आवश्यक छ, महिलाहरुको नेतृत्वलाई क्षमतावान बनाउन, सशक्त बनाउन अनुपम अभियान सञ्चालन गरिएको छ । यो अभियान हामी सबैको हो । आउनुहोस एकजुट हौ र सामाजिक न्याय स्थापनार्थ प्रयास गरौ ।
कमेन्ट गर्नुहोस्