लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस

IMG

दिगो विकासका लागि सन् २०३० एजेन्डा सहित अन्तर्राष्ट्रिय रूपमा सहमत विकास लक्ष्यहरू प्राप्त गर्न विज्ञान र लैङ्गिक समानता दुवै महत्त्वपूर्ण छन्। विगत १५ वर्षहरूमा, विश्वव्यापी समुदायले महिला र बालिकाहरूलाई विज्ञानमा प्रेरित र संलग्न गराउन धेरै प्रयास गरेको छ। तैपनि महिला र बालिकाहरू विज्ञान र नवप्रवर्तनमा पूर्ण रूपमा भाग लिनबाट वञ्चित छन्।


विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको नवौं श्रृखलामा स्वागत छ ।

उच्च शिक्षामा विज्ञान प्रविधिगत क्षेत्रमा महिला सहभागिताको विश्वव्यापी तथ्याङ्क हाल विश्वभरका अनुसन्धानकर्तामध्ये ३० प्रतिशतभन्दा कम महिला छन्। सन् २०१४ देखि २०१६ सम्मको युनेस्कोको तथ्याङ्क को अनुसार, केवल ३० प्रतिशत महिला विद्यार्थीहरूले उच्च शिक्षामा STEM-सम्बन्धित क्षेत्रहरू छनौट गर्छन्। STEM-सम्बन्धित क्षेत्रहरू भन्नाले साइन्स, टेक्नोलोजी, इन्जियनरिंग र म्याथम्याटिक्स क्षेत्र भन्ने बुझिन्छ । विश्वव्यापी रूपमा, महिला विद्यार्थीहरू, आईसीटी (३ प्रतिशत), प्राकृतिक विज्ञान, गणित र तथ्याङ्क (५ प्रतिशत) र इन्जिनियरिङ्, उत्पादन र निर्माण (८ प्रतिशत) गरी कम छन्।


सन् २०२५ को विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको नारा

सन् २०२५ को विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवसको दशौँ श्रृखलामा संयुक्त र्राष्ट्रिय सङ्घले Unpacking STEM Careers: Her Voice in Science" भन्ने नारा तय गरेको छ । स्टेम शिक्षामा महिलाको आवाज र सहभागिता भन्ने अर्थ लाग्ने यस नाराले वर्ष २०२५ को यस दिवसलाई निर्देशित गरेको छ । आजको दिन यूनेस्कोको सचिवालय फ्रान्सको पेरिसमा विज्ञानमा महिलाको पहुँच विषयक गोष्ठी आयोजना हुने, हाम्रो जीवनमा प्रभाव पार्ने महिलाहरू शीर्षकको वृत्तचित्र प्रदर्शन गर्ने लगायत विश्वभरि नै थुप्रै कार्यक्रमहरू तय गरिएको छ ।लैगिंक समानता आजको आवश्यकता र चुनौती दुवै हो, प्रविधि र सूचना पहुँचमा महिलाहरूको समान पहुँच बनाउनका लागि विभिन्न दिवस र अभियानहरू चलाइने गर्दछ जसमा हरेक वर्ष फेब्रुअरी ११ तारिखको विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस पनि एक हो ।


महिला समानताको लागि थुप्रै पहल संसारभरि नै हुने गर्दछ। तर, दिन प्रतिदिन विज्ञानको महत्त्व बढिरहेको हाम्रो युगमा यदि हाम्रा महिलाहरू विज्ञानमै पछाडि रहे भने, आउँदो समयमा के महिला सशक्तीकरण सम्भव छ त रु हामी मध्य धेरैले यो कुरा सोचेका छैनौ होला। त्यसै कारण हरेक वर्षको फेब्रुअरी ११ का दिन संयुक्त राष्ट्र सङ्घले यो चिन्ताको विषयमा प्रकाश पार्न आजको दिन मनाउने गरेको छ।आजको दिवसको सबैलाई अर्थपूर्ण शुभकामना ।

कमेन्ट गर्नुहोस्