
तिलोत्तमा,२०८१ माघ २६ गते।तिलोत्तमा साहित्य कला सङ्गीत प्रतिष्ठानको आयोजनामा तिलोत्तमा साहित्य सङ्गमको छैटौँ शृङ्खला उत्साहजनक रूपमा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष डा. मुरारी पराजुलीको अध्यक्षता तथा साहित्यकार खगेन्द्र बस्यालको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रमलाई संस्थाका महासचिव तथा साहित्यकार लिलाधर पाण्डेले संचालन गर्नुभएको थियो। साहित्यलाई जीवन्त राख्न र नव सर्जकहरुका लागि उत्प्रेरणा दिन यो कार्यक्रम महत्त्वपूर्ण रहेको कुरा सहाभागी अतिथिहरुले बताउनुभयो । साहित्यकार डा. मुरारी पराजुलीले वाचित रचनाहरुको समिक्षा गर्नुभएको थियो भने कार्यक्रममा उद्धव देवकोटा, रमेश समर्थन , नारायण भण्डारी , माधव वाग्ले, थम गुरुङ्ग खगेन्द्र बस्याल लगाएतले आफ्ना रचना बाचन गर्नुभएको थियो। तिलोत्तमा साहित्य सङ्गम हरेक महिनाको अन्तिम शनिवार हुने र कार्यक्रमले साहित्यको उत्थान गरि निर्दिष्ट लक्ष्य हासिल गर्ने सवालमा कुनै दुईमत नरहेकोकुरा संस्थाका अध्यक्ष डा. मुरारी पराजुलीले बताउनुभयो।
कमेन्ट गर्नुहोस्