
तिलोत्तमा,माघ २६। रुपन्देहीको तिलोत्तमा–१४ टिकुलीगढस्थित लर्ड बुद्ध ज्ञानज्योति इङ्गलिस बोर्डिगँ स्कुलको २७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । शनिबार आयोजित मूल समारोहमा बोल्ने वक्ताहरुले जीवन उपयोगी, सर्वसुलभ तथा प्रविधिमैत्री शिक्षा आजको आवश्यकता भएको औँल्याएका छन । वक्ताहरुले लर्ड बुद्ध ज्ञानज्योति इङ्गलिस बोर्डिगँले शैक्षिक क्षेत्रमा गरेको प्रगति आर्फैमा उदाहरणीय रहेको भन्दै अहिलेको पुस्तालाई परम्परागत भन्दा पनि आधुनिक र प्रयोगात्मक शिक्षा आवश्यक पर्ने बताएका छन । विद्यालय प्रागँणमा आयोजित कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका वडा न १४ का अध्यक्ष आश्विन पौडेलले सामुदायिक र सँस्थागत विद्यालयहरु एउटै सिक्काको दुई पाटा भएको भन्दै आपसी सहकार्यमा अघि बढ्नुपर्ने बताउनुभयो ।
वहाँले चरित्र निर्माणमा ध्यान दिदै सँस्कारयुक्त शिक्षा आजको आवश्यकता भन्ने मुल मर्मलाई आत्मसात गर्दै अघि बढन आग्रह गर्नुभयो । लर्ड बुद्धले आफुलाई अब्बल बनाउनु बाटोमा महत्वपुर्ण काम गरिरहेको भन्दै तिलोत्तमा १४ कै शानका रुपमा विद्यालय स्थापित हुदै गएकोमा खुशी समेत प्रकट गर्नुभयो । कार्यक्रममा विद्यालयका अध्यक्ष प्रमोद यादवले अध्यक्षको प्रतिबेदन पेश गर्दै सर्वसुलभ तथा सर्वमान्य शिक्षा प्रदान गर्न विद्यालयले नयाँ नौला र परिणाममुखी अभ्यासहरु गरिरहेको जनाउनुभयो । विद्यालयका प्रधानाध्यापक तुलबहादुर सरागँकोटी पवनले विधालयको वार्षिक प्रतिवेदन पेश गर्नुभएको कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी सँगै उत्कृष्ट अँक ल्याउने विद्यार्थीहरु, समाजसेवी, जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गीत सँगीत आदिमा प्रस्तुति दिएका थिए । विद्यालयका सहप्राचार्य काशीराम ढकालले मुल समारोह तथा खेल सँयोजक शिक्षक रोशन शर्माले सन्चालन गर्नुभएको कार्यक्रममा पुर्व विद्यार्थीको तर्फबाट मेन्जिना क्षेत्री तथा प्रशान्त चापागाईले शुभकामना मन्तब्य दिनुभएको थियो ।
कमेन्ट गर्नुहोस्