
तिलोत्तमा,माघ २६। रेडिसन पार्टी प्यालेश एण्ड रेस्टुरेन्ट शंकरनगर तिलोत्तमामा आज बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ गुल्मी खर्ज्याङ्ग रुपन्देही सम्पर्क समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा पहिलोपटक रक्तदान गरेका नयाँ १८ जना युवा सहित ३५ जनाले रक्तदान गरेका थिए। कार्यक्रममा समाजका पदाधिकारीसँगै सदस्य, स्थानिय युवायुवती तथा शुभेच्छुक र सहभागीहरूले पनि रक्तदान गरे ।
गुल्मी खर्ज्याङ्ग रुपन्देही सम्पर्क समाजका अध्यक्ष राजिव कुवरको अध्यक्षता, छत्रकोट गाउँपालिकाका अध्यक्ष राम प्रसाद पाण्डेय र टियु लायन्स रक्तदाता सन्चार केन्द्रको सस्थापक फाउन्डर फर्सुराम पाण्डेको बिशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा रक्तदाताहरूलाई प्रमाणपत्रसँगै सम्मान प्रदान गरिएकाे छ ।कार्यक्रमलाई नेपाल रेडक्रस सोसाइटी रुपन्देही, रक्तसञ्चार सेवा केन्द्र बुटवलले प्राविधिक रूपमा सहयोग गरेको थियो । कार्यक्रममा ड्यासमा बसेका अतिथिहरूले कार्यक्रमकाे प्रशंसा गर्दै रक्तदान जीवनकै एउटा महत्तवपूर्ण कार्यक्रम भएको बताए । समाजले बिगतका दिनमा समेत सामाजिक कार्यहरु गर्दै आएको बताउदै उपस्थित अतिथिहरुले गुल्मी खर्ज्याङ्ग रुपन्देही सम्पर्क समाजको प्रगतिको कामना गरेका थिए।
कार्यक्रममा संस्थाका सल्लाकार ईश्वरी प्रसाद पाण्डे,संयोजक पदम न्यौपाने, रक्तसञ्चार सेवा केन्द्र बुटवलकि सदस्य सचिव राधा ज्ञवाली, संयोजक मित्रलाल न्यौपाने,नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका दिपक क्षेत्री न्यौपानेले आ-आफ्नो बिचार प्रस्तुत गरेका थिए।कार्यक्रमको संचालन भुवन पन्तले गर्नुभएको थियो ।हाल छत्रकोट गाउँपालिकाले पालिका भित्र बसोबास गर्ने सम्पूर्ण नागरिकहरुलाई उपचारको क्रममा वा आकस्मिक रक्त अभाव भएमा निशुल्क ब्लड बैंकमार्फत रगत लिन पाउने सुबिधा प्रदान गरेको छ।
कमेन्ट गर्नुहोस्