लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित
लुम्बिनी फ्रिडम मिडिया प्रा.लि द्वारा संचालित

ब्रिटिस ग्रामर स्कुल रूपन्देहीमा तेस्रो साहित्यिक महोत्सव

IMG

तिलोत्तमा,माघ २१।ब्रिटिस एजुकेसन ग्रुप रुपन्देहीको व्यवस्थापनमा सञ्चालित ब्रिटिस ग्रामर स्कुल रुपन्देही (नमस्ते एकडेमीमा) सोमबार नयाँ विद्यार्थीहरुको अक्षरारम्भ सँगसँगै साहित्यिक महोत्सव सम्पन्न गरिएको छ ।वरिष्ठ लेखक तथा साहित्यकार जँगबहादुर शाहको प्रमुख आतिथ्य रहेको कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले विद्यालयका साहित्य अनुरागी विद्यार्थीसँग अन्र्तक्रिया र छलफल गरेको विद्यालयका प्राचार्य दिलबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।


महोत्सवमा नेपाली साहित्यमा युवाको भूमिका, लेखककार बन्न आवश्यक कुरा तथा कर्महरु, आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन, कला शीर्षकमा साहित्यकार र विद्यार्थीबिच परिचर्चा कार्यक्रम गरिएको व्यवस्थापक उमेश कँडेलले जानकारी दिनुभयो ।नमस्ते एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रशान्त चौधरीले सृजना गरेको पुस्तक The voice within me , कक्षा ७ का विद्यार्थी समशीतोष्ण अर्यालको Echo of Dragon´s flame र प्राइमरी तहका ३२ जना विद्यार्थीको सयुक्त पुस्तक Whispers of young minds को विमोचन र उक्त पुस्तकहरुको समीक्षा समेत महोत्सवमा गरिएको छ ।


कार्यक्रममा लेखक र बाल साहित्यकारका बिच अन्तरक्रिया गरि छलफल चलाइएको कार्यक्रमा अभिभावकहरुको समेत उल्लेख्य सहभागिता रहेको थियो । साहित्यिक महोत्सवमा विद्यार्थीका रुचि र स्तर अनुसारका पुस्तक प्रदर्शनी गरिएकोसंस्थापक प्राचार्य राजेन्द्र कुँवरले रेडियो लुम्बिनीलाई बताउनुभयो  ।नेपाली संस्कृति, कला ,साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यकममा सरस्वती बन्दना सहित विविध नेपाली लोक सांस्कृतिको पनि प्रदर्शनी गरिएको थियो ।

कमेन्ट गर्नुहोस्