
तिलोत्तमा,माघ २१।रुपन्देहीको तिलोत्तमा–१५ कोटिहवामा रहेको नोबल इन्भायरोमेन्ट एकेडेमीकोे १४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ। सोमबार बसन्त पन्चमीको अवसर पारी आयोजित मूल समारोहमा बोल्ने वक्ताहरुले २०६८ सालमा स्थापना भई सन्चालनमा आएको नोबल इन्भायरोमेन्ट एकेडेमीले सर्वसुलभ, प्रविधिमैत्री तथा जीवनउपयोगी शिक्षा प्रदान गर्न सफल भएको भन्दै प्रशँशा गरेका छन ।
विद्यालय प्रागँणमा आयोजित कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवँ शिक्षाविद मुकुन्द पोख्ररेलले स्थापनाको छोटो समयमै विद्यालयको प्रगति लोभलाग्दो रहेको बताउनुभयो । वहाँले आधुनिक शिक्षा प्रणालीलाई अवलम्बन गर्दै विद्यार्थीलाई नविनतम ढँगबाट अध्यापन गराइरहेको विद्यालयले अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट कार्य गरेको भन्दै बधाई ब्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका अध्यक्ष पुर्ण बहादुर गुरुगँले अध्यक्षको प्रतिबेदन तथा प्रिन्सिपल खिनु गुरुगँले बार्षिक प्रतिवेदन पेश गर्दै आगामी शैक्षिक सत्रबाटै प्लस टु सम्मको अध्ययन गराउने गरि सम्पुर्ण तयारी पुरा भैसकेको जानकारी दिनुभयो ।विद्यालयमा कार्यरत रही १० बर्ष भन्दा बढी समय ब्यतित गरेका कर्मचारी, शिक्षक तथा शिक्षिकाहरुलाई सम्मान गरिएको कार्यक्रममा पशुपति कलेजका प्राचार्य जीतबहादुर रास्कोटी, विद्यालयका प्रबन्धक सुन्दर गुरुगँ, शिक्षक प्रतिनिधि अरुण कुमार चौधरी, लगायत समाजसेवी, अभिभावक, शिक्षक कर्मचारी लगायतको सहभागिता रहेको थियो भने कार्यक्रममा विद्यार्थीहरुले नाटक, नृत्य, गीत सँगीत आदिमा प्रस्तुति दिएका थिए ।बार्षिकोत्सव कै अवसरमा साहित्यीक पत्रिका नोबल भ्वाइसको छैटौँ सँस्करण समेत सार्वजनिक गरिएको विद्यालयमा ५१२ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन ।
कमेन्ट गर्नुहोस्